फागुन ५ गते २०७६

ताजा समाचार

फागुन ५ गते २०७६

भास्करका प्रिन्सिपल विश्वराज हिरासतमै



पोखराको फूलबारीमा रहेको भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोलालाई ५ दिन म्याद थप गरिएको छ । बाल यौन दुव्र्यवहारमा बास्तोलालाई ५ दिन म्याद थप गरिएको हो ।

शुक्रबार पक्राउ परेका बास्तोलालाई अब मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गरिने कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

बास्तोलाले गत शुक्रबार बिहान १ बालिकालाई घरबाट स्कुल लैजाने क्रममा दुव्र्यवहार गरेको आरोप छ । ती बालिकाले दुव्र्यवहार भएको भनी शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् ।

यो घटनाभन्दा अघि पनि बास्तोलाले विद्यालयको शिक्षकमाथि हिंसा गरेको तर उक्त घटना विद्यालयभित्र नै मिलाइएको स्रोत बताउँछ । शिक्षकलाई दास जस्तो व्यवहार गर्ने, नियुक्तिपत्र, परिचयपत्रसम्म नदिने बास्तोलाले एकै पटक १६ जनासम्म शिक्षकलाई निकालेका थिए ।