ठिनीको थकाली होमस्टेमा अनलाईन बुकिङको सुविधा

मुस्ताङको घरपझोङ गाउपालिका –५ ठिनीमा रहेको थकाली होमस्टे हालै अनलाईन पहुँचमा जोडिएको छ । मुस्ताङ घुम्ने पर्यटकको बाँसबस्ने सहजताका लागि होमस्टेले अनलाईन सेवा सुरु गरेको हो ।
सुरुआती चरणको ७ घरधुरीबाट सुरु भएको ठिनी थकाली होमस्टेमा ५ घरधुरी थपिदै अहिले १२ घरधुरी पुगेको छ । होमस्टे हालै स्थानीय निकाय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापमा दर्ता भईसकेको छ ।

पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि मुस्ताङ घुम्ने पर्यटक बढेकाले ठिनी होमस्टेमा बस्ने पर्यटकको माग बढेको होमस्टे परिवारका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए । सिजनेबल समयमा सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ घुम्न आउछन् । यसरी आएका थुप्रै पर्यटकले ठिनीक्षेत्रको पर्यटकीय गन्तब्यको अवलोकन गर्ने गरेको पाईएको छ । अध्यक्ष थकालीले दशै–तिहार ,छट पर्व र चैत दशैको बेला होमस्टेमा पर्यटकले भरिने गरेको बताए ।
कुनै संञ्चार सम्पर्क बिना एक्कासी पर्यटक होमस्टेमा बास बस्न आएपछि व्यवस्थापन गर्न कठिनाई परेको हो । होमस्टे पाहुनालाई क्षमता अनुसारको आवश्यक सुविधा उपलब्ध गर्न होमस्टे मैत्री अनलाईन बुकिङ सेवा सुरु गरिएको होमस्टकी संञ्चालिका सचिव जुमा थकालीले बताईन् । उनका अनुसार मुस्ताङको ठिनी होमस्टेमा बास बस्न चाहने पर्यटकले अब डब्लु डब्लु डब्लु डट ठिनी डट ओआरजीमा वेवसाईडमा लगईन गरी अंग्रिम बुकिङ गर्न सकिने छ ।

वेवसाईडमा पर्यटकको ठेगाना ,संख्या , बस्ने दिन र खर्चको स्टमेट र खानाका परिकार लगायतको बारेमा जानकारी प्राप्त गर्न सक्तछन् । यसरी अनलाईनको बुकिङ गरेका पर्यटकको डिटेलको जानकारी होमस्टे केन्द्रको मोवाईल एप्लिकेशनसमा पुग्छ र सिधै थप कुराकानी गर्न सकिन्छ । अनलाईन मार्फत बुकिङ गर्न कुनै शुल्क लाग्दैन भने उनीहरुलाई होमस्टेले पहिलो प्राथमिकतामा राख्ने सचिव जुमा थकालीले जनाईन् ।

ठिनी थकाली होमस्टे मुस्ताङ सदरमुकाम जोमसोम पुर्व कालिगण्डकी पारी छ । जोमसोम देखि २ किलोमिटर द्ुरीमा रहेको होमस्टेमा पुग्न सवारी साधन पुग्ने बाटो छ । मुस्ताङको प्राचिन थकाली सभ्यताले भरिएको ठिनी गाउमा दर्जनौ प्राकृतिक पर्यटकीय गन्तब्य छन् । पछिल्लो समय चर्चाको शिखरमा रहेको ढुम्बाताल ठिनीक्षेत्रमै पर्छ भने यसका अलवा स्नोलियो पार्ट ,थकाली संग्राहलय ,यारुझो भ्यु टावर ,कुछप तेरङ्गा गुम्बा , ईको ग्रो स्याउ बगैचा ,कैसाङ क्याम्प , घरपझोङ किल्ला र तिलिचो पदमार्ग लगायत छन् । यस्तै , यहा धार्मिक तथा सास्कृतिक सम्पदा छन् ।