समाज

डिस्ट्रिक्ट ३२५ के गभर्नरमा थापा, द्वितीय भाइस गभर्नरमा हुमागाईं

पोखरा, ६ चैतलायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले २०२३–२०२४ का लागि डिस्ट्रिक्ट गभर्नर चुनेको छ । गभर्नरमा सुचित्रा थापा, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा निरा बज्राचार्य र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा दुर्गाप्रसाद हुमागाईं छन् । हुमागाईं सफल मिडिया हाउसका अध्यक्षसमेत हुन् । तीनै जना उम्मेदवारले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के… पुरा पढौ

चितुवाको आक्रमणले २ घाइते, पछि चितुवा मृत भेटियो

कालिज फार्ममा पसेको चितुवाको आक्रमणले पोखरा १८ मा २ जना घाइते भएका छन् । भकुण्डेमा ध्रुव थापाले चलाइरहेको कालिज फार्ममा बुधबार बिहान चितुवा पसेको हो । चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए । आक्रमणबाट रुपा गाउँपालिका ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना घाइते भएका हुन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा मानिसमाथि आक्रमणमा उत्रिएको… पुरा पढौ

सहिद, बेपत्ता परिवार पार्टीका ऊर्जा

२८ औं जनयुद्ध दिवस अन्तर्गत सहिद सप्ताहको सन्दर्भमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले विशेष कार्यक्रम गरेको छ । जनयुद्धमा सहिद हुने र बेपत्ता हुने कास्की जिल्लाका सबै सहिद तथा बेपत्ता परिवारसँग भेटघाट एवं अन्तरक्रिया गरिएको हो । समारोहमा सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दनसमेत गरिएको छ । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्यले नेकपालाई सल्लाह, सुझावसहित खबरदारी गरेका थिए । सहिदका सपना नभुल्न, बेइमानी नगर्न… पुरा पढौ

झारफुक भन्दै पिट्दा बालिकाको मृत्युु

रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । कुटपिटबाट १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको हो । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीले रेश्मीलाई पक्राउ गरी अनुसन्धान थालेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बालिकाको मृुत्युपछि रोश्मीलाई पक्राउ गरी अनुुसन्धान भईरहेको… पुरा पढौ

डाँडाको नाकका बस दुर्घटना, ४५ यात्रु घाइते

पोखराबाट बेगनास जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ४५ यात्रु घाइते भएका छन् । दिउँसो साढे २ बजेतिर ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ३४ पुरुष, १० महिला र १ बालक घाइते बनेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई गण्डकी अस्पताल र गण्डकी मेडिकल कलेज ल्याइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले… पुरा पढौ

रसुवा कारागारमा पुस्तकालय तथा निशुल्क स्वास्थ्य शिविर

रसुवा, फागुन ६ । एक सामाजिक संस्था टिम नेपोले कारागार कार्यालय रसुवामा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गर्दै दुई दिने नि:शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ । कारागार सुधार परियोजना अन्तर्गत नेपालका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको उक्त संस्थाले कैदीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन र कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यसहित उनीहरूलाई सूचना र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्य राखेको छ । कार्यक्रमको… पुरा पढौ

बिहे गर्न वडाको सिफारिस अनिवार्य

कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएका छन् । बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ । उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा… पुरा पढौ

पार्किङ हटाउने निर्णयबाट पछि हट्यो महानगर

पोखरा महानगरपालिका महानगरका मुख्य क्षेत्रका सडकमा पार्किङ हटाउने निर्णयबाट पछि हटेको छ । यसअघि महानगरले सोमबारदेखि पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल चिप्लेढुंगा, न्युरोड, सभागृहचोकदेखि पृथ्वीचोकसम्म सडकमा पार्किङ हटाउने निर्णय गरेको थियो । महानगरको त्यो निर्णयपछि पोखरा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाले वैकल्पिक तयारीबिना भएको निर्णयको विरोध गरेका थिए । पुरा पढौ

माउन्ट अन्नपूर्णमा विद्यार्थीको स्वागत तथा बिदाइ

पोखरा, २१ माघपोखरा ५ पस्र्याङ स्थित माउन्ट अन्नपूर्ण क्याम्पसका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । बिएस्सी सिएसआइटी ४ वर्षको अध्ययन पूरा गरेका २०७४ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ तथा २०७९ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा बिएस्सी सिएस आइटी दोस्रो सेमेस्टरका विद्यार्थीले पहिलो सेमेस्टर विद्यार्थीलाई स्वागत गरे भने सातौँ सेमेस्टरका विद्यार्थीले अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरे । कलेजका निर्देशक सूर्यबहादुर जिसीले माउन्ट अन्नपूर्णले पश्चिमाञ्चलकै पहिलो… पुरा पढौ

नेरेसो पोखरा १७ मा नयाँ समिति

पोखरा, १७ माघनेपाल रेडक्रस सोसाइटी पोखरा १७ को १७ औं अधिवेशनबाट हरिप्रसाद श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ । उपसभापतिमा लक्ष्मी अधिकारी, सचिव चूडामणि बराल, कोषाध्यक्ष शिवराम भण्डारी, उपसचिव नारायणप्रसाद शर्मा र उपकोषाध्यक्ष रवीन्द्र श्रेष्ठ चुनिए । सदस्यमा बिना लोहनी, सविता भन्डारी, द्रोणराज महत, दीपेन्द्र बराल र विनोद भण्डारी छन् । आमन्त्रित सदस्यमा रीता सुवेदी, विष्णु पहारी, शर्मिला सुवेदी, युवराज बराल र शिवराज न्यौपाने छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं