पोखराबाट बेगनास जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ४५ यात्रु घाइते भएका छन् । दिउँसो साढे २ बजेतिर ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ३४ पुरुष, १० महिला र १ बालक घाइते बनेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई गण्डकी अस्पताल र गण्डकी मेडिकल कलेज ल्याइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




