झारफुक भन्दै पिट्दा बालिकाको मृत्युु

रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । कुटपिटबाट १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको हो ।

बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले रेश्मीलाई पक्राउ गरी अनुसन्धान थालेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बालिकाको मृुत्युपछि रोश्मीलाई पक्राउ गरी अनुुसन्धान भईरहेको जानकारी दिए ।

फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । उनले कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओमा देखिएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरीले मातालाई पक्राउ गरेको थियो ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएको थियो । परिवारले सोही दिनको राति नै कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसस्कार गरेको प्रहरीले जनाएको छ ।