ताजा समाचार

समाज

आगलागीको घटनाप्रति दुःख व्यक्त

पोखरा उद्योग वाणिज्य संघ र पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा–८, न्युरोडको एस मिनी मार्केटमा मंगलबार भएको आगजनीको घटनाप्रति दुःख प्रकट गरेको छ । पोउवासंघका अध्यक्ष दामु अधिकारी, चेम्बर अफ कमर्स कास्कीका कार्यबाहक अध्यक्ष प्रेमबहादुर भुजेल र महासचिव उमराज बाँस्तोलाले छुट्टाछट्टै विज्ञप्ति प्रकाशित गरी अकल्पनीय र अप्रत्यासित रुपमा भएको आगजनी भएको घटनाबाट मिनीमार्केटमा व्यवसायी गरी बसेका तमाम व्यवसायीहरुको पसल पूर्णरुपमा क्षति भएकोमा दुःख प्रकट गरिएको छ । विज्ञप्तिमा गण्डकी प्रदेश… पुरा पढौ

सिमलचौरमा कृष्ण झुला महोत्सव

राष्ट्रिय परोपकार महासंघ पोखरा नगर समितिको संयोजनमा कृष्ण झुला महोत्सव हुने भएको छ । कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष भाष्कर गुरु कमलनयन गौतमबाट प्रर्वचन हुनेछ । कार्यक्रमका लागि पोखरा समितिको संयोजमा सांग्रिला मरासिनी, जाल्पादेवी महिला उत्थान समूहका अध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा शारदा गिरी, राधा केसी, शकुन्तला गिरी, खीम कुमारी बराल, सविना विजुक्छे, पवित्रा केसी, संगीता काफ्ले, कल्पना क्षेत्री रहेको आर्थिक व्यवस्थापन समिति गठन गरीएको छ । स्थानीय सहयोगी व्यवस्थापनमा… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्चको स्थापना दिवस

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) आफ्नो स्थापना दिवस पोखराबाट स्याङ्जाको बालगृहमा पुगेर मनाएको छ । ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’ भन्ने उद्घोषका साथ २ वर्ष अघि स्थापना भएको थियो । संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव कटुजे स्वाराँ स्याङ्जास्थित अमोर सेवा नेपाल, बालगृहमा पुगेर खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासँग केक काटेर मनाएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेकपा एमाले नेतृ देवका पहारीले पोखराबाट स्याङ्जाको बालगृहमा आएर उनीहरूको… पुरा पढौ

कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीले गरिन् आत्महत्या

कतारमा रहेका पतिको ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले आत्महत्या गरेकी छन् । पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर आइतबार धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बूको मृत्यु भएको हो । समुद्र किनारमा पौडी खेल्न गएका उनीसहित बगेका २ जनाको भने सकुशल उद्दार भएको । घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल पुर्‍याउँदा लिम्बूको मृत्यु भइसकेको पतषृ ,् घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्ने… पुरा पढौ

दुव्र्यसन विरुद्ध आमासंग प्रहरी

बागलुङमा लागूऔषध दूव्र्यसनीको संख्या बढ्दै जान थालेपछि प्रहरीले दुव्र्यसनविरुद्ध आमाहरुसंग प्रहरी कार्यक्रम थालेको छ । बढ्दो लागूऔषध कारोबार तथा प्रयोगलाई निरुत्साहित गरी सुसम्भ्य समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो । अभियान सुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले लागूऔषधका कारण छोराछोरी बिग्रीएका कारण परिवारले पीडा व्यहोर्नुपर्ने भएकाले आमाहरुसंग मिलेर यो अभियान सुरु गरिएको बताए । ‘किशोर अवस्थामा साथीभाईको संगत… पुरा पढौ

क्यान कास्कीको आइसिटी सेमिनार

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीद्धारा डिजिटल वित्तीय सेवा तथा वित्तीय समावेशीकरण आईसिटी सेमिनार आयोजना गर्यो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सेमिनार शुभारम्भ गरे । उक्त अवसरमा उनले अबको युग डिजिटल युग भएको भन्दै आईसिटीको प्रयोग गरेमा आजको वित्तीय सेवालाई छिटो छरितो गर्न सकिने बताए । ‘संसारका विकसित मुलुकले गरिसकेको र हामीले पनि यसको प्रयोग गर्नुपर्छ । भ्रष्टाचारलाई पनि यसले न्यूनीकरण गर्न सघाउँछ’, उनले भने… पुरा पढौ

बालआश्रममा फ्रिज तथा खाद्यान्न सहयोग

लायन्स क्लब अफ पोखरा अर्पणको अगुवाईमा बालआश्रममा फ्रिज तथा खाद्यान्न सहयोग गरिएको छ । क्लबले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । पोखरा महानगरपालिका वडा नं. १९ स्थित ओम शिवशक्ति कल्याणी बाल आश्रममा उक्त सामग्री सहयोग गरिएको हो । क्लबकी सदस्य भगवती बरालका नाति आदिजंग बरालको जन्मदिनको अवसर पारी उक्त सहयोग गरिएको हो । सहयोग सामग्रीमा फ्रिज, खाद्यान्न तथा १ छाक खानाका साथै १२ हजार २५ रुपैयाँ रहेको छ… पुरा पढौ

पोखरालाई सिंगार्न उद्यान आवश्यक : मेयर जिसी

पोखरा महानगरपालिका वडा नं. १८ स्थित लभ्लीडाँडास्थित निर्माणाधीन दिव्य दर्शन शान्ति उद्यान एवं ध्यान केन्द्रमा धूपीको विरुवा रोपिएको छ । कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई थप सौन्दर्यकरण गर्न यस्ता उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पार्क निर्माण महानगरको पनि लक्ष्य रहेकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा–५, पस्र्याङको अगुवाईमा दिव्यदर्शन शान्ति उद्यान एवं ध्यान केन्द्र निर्माण समितिले उक्त उद्यान निर्माण गर्न लागेको… पुरा पढौ

पोखरा २६ भड्किलो तीजरहित वडा

पोखरा महानगरपालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीजरहित वडा भएको छ । वडा नं २६ का ३५ भन्दा बढी आमा समुह तथा महिला संजालको संयुक्त प्रयासले वडालाई भड्कीलो तीज रहित बनाउने अभियान चलाएको वडाध्यक्ष नारायण बरालले जानकारी दिए । उनले भने–“हामीले तीज मनाउने हो तर तारे होटल र पार्टी प्यालेसम संस्कारलाई बिकृतीतिर लैजाने गरी तीजको दरका नाममा हुने कृयाकलापलाई पुर्ण रुपमा बन्देज गर्न आव्हान गरेका हौं ।” आव्हानका आधारमा… पुरा पढौ

महानगरका कर्मचारी बालिका बलात्कारको आरोपमा प्रक्राउ

 काठमाडौँमा ११ बर्षीया बालिका बलात्कृत भएकीछिन् । बालिका बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका एक कर्मचारी प्रक्राउ पनि परेका छन् । प्रक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ५२ वर्षीय कुचीकार प्रमुख बाबुराजा पुजारी रहेका छन् । बालिकाले आफनी आमालाई पुजारीले बलात्कार गरेको घटना बताएपछि पीडित बालिकाको परिवारले पुजारीबिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । परिवारको उजुरीलगत्तै पुजारीलाई प्रक्राउ पनि गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पुरा पढौ