समाज

अपांग महिलालाई सामूहिक बलात्कार आरोपमा २ युवा पक्राउ

स्याङ्जामा ३२ वर्षीया अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलालाई बलात्कार गरेको आरोपमा पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरेको हो । परिवारको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो । बौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा… पुरा पढौ

भारदारी चौतारीमा भेटिए कृष्णराधा

बिहीबार दिउँसो पोखरा २४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले । घर घरबाट दही ल्याएर भाडामा राखे । जम्मा भएर भजनकीर्तन थाले । कोही श्रीकृष्ण बने, कोही राधा । कोही कोही त कंस पनि देखिए । कोही दही एकापसमा छेपाछेप गर्दै थिए, केही भने दही खानै मस्त थिए । कृष्णचरित्रको चलचित्रको झल्को दिने यो दृश्य सोमबार कास्कीकोटको हो । ऐतिहासिक कास्कीकोटमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा दहीको होली खेलिएको हो ।… पुरा पढौ

मलायामा गोर्खाली वीरता फिल्ममा

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो हुँदै गएको छ । विशेषतः अमेरिका, अस्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गरेका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको सुनाए । गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । विशेषत उक्त चलचित्र भवनमा हलिउडका ठूला… पुरा पढौ

सुर्खेतका वादीलाई ग्लोबल स्कुलको १ लाख

पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ । सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन। मंगलबार विद्यालयका प्राचार्य बाबुराम पन्तले हिक्मत वादीलाई एकलाखको चेक हस्तान्तरण गर्दै प्रति वर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो… पुरा पढौ

योग – हिजो र आज

परिचय :- योग शब्दको सामान्य अर्थ जोड हुन्छ । तर स्वास्थ्य व्यायामको क्षेत्रमा यसको अर्थ आसन, अभ्यास, साधना, प्राणायम,ध्यान आदिको माध्यमबाट मन र शरीरलाई जोडने प्रक्रिया बुझिन्छ । योग गर्नुको प्रारम्भिक उदेश्य स्वास्थ्यता नै हो । महर्षि पतन्जलिका अनुसार चित्तको वृतिलाई निरोध गर्नु,अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो भनिएको छ । व्यायामशालामा मानशिक पक्ष हेरिदैन । जसले गर्दा विभिन्न नकारात्मक संवेगहरुबाट छुटकरा पाउन सकिँदैन ; मन अस्थिर भै रहेको… पुरा पढौ

टेकनाथः धेरै क्षेत्रका नमुना व्यक्तित्व

भदौ १२ गते दिउँसोदेखि टेकनाथ बराल भौतिक रुपमा रहेनन् । नेपाली कम्युनिस्ट आन्दोलन, मानवअधिकारको आन्दोलन र समाज परिवर्तनका अभियन्ता बराललाई उनका आफन्त, शुभेच्छुकले विभिन्न तवरले स्मरण गरिरहेका छन् । शनिबार उनी संस्थापक अध्यक्ष रहेको राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले श्रद्धाञ्जलीसभासहित उनको योगदानबारे परिचर्चा आयोजना ग¥यो । कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले उनलाई राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाको रुपमा स्मरण गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बराल… पुरा पढौ

विशेष मुक्तक वाचनमा नवपुस्ता

नवपुस्तालाई प्रोत्साह गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचन श्रङ्खलामा विशेष कार्यक्रमको आयोजना गरेको भव्यताका साथ समापन गरेको छ । हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुनेगरेकोमा यसपटक भने मुक्तक मञ्चले बिशेष मुक्तक वाचनमा नयापुस्ता कार्यक्रम राखेको हो । कार्यक्रममा बिशेष वाचकहरू बिवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुंगाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजित प्रसाद कुशवाहा र बिना… पुरा पढौ

नेवा खलः कास्की अध्यक्षमा अशोक पालिखे

नेवा खलः कास्की अध्यक्षमा फेरि अशोक पालिखेकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । अधिवेशनबाट कार्यसमिति, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, महासचिव श्रीकृष्ण कतिला, उपमहासचिव भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी छन् । सदस्यमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, वीनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु छन् । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी… पुरा पढौ

आयल निगमका हामिक नै चोरीमा संलग्न !

चोरी आरोपमा छानबिनमा पर्ने भएपछि आयल निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजादै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिएको थियो । गगनगौंडामा रहेको निगमको डिपोबाट इन्धन पश्चिमाञ्चल पेट्रोल पम्प लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको थियो । त्यो्याङ्कर डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ । १२ हजार लिटर क्षमताको त्यो ट्यांकरमा थप ३ हजार… पुरा पढौ

बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ

बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन | जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्यागरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीद्वारा जानकारी | साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुईमा खसी बझारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले घटना घटेको तीन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं