पोखरा १७ मा पावरहाउस नजिकै नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
५८ वर्षीया पवित्रा बराल नहरमा मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । ‘आज दिउँसो बरालको शव भेटिएको हो । उनी शुक्रबारदेखि घरबाट सम्पर्कविहीन थिइन्,’ जोशीले भने ।
स्थानियले ड्यामसाइड नजिकैको स्थानबाट मान्छे खसेको जस्तो देखिएको शुक्रबार नै जानकारी दिएपछि हिजो दिउँसैबाट प्रहरील्े खोजी गरेको थियो ।




