समाज

नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा पराजुली ।

जेठ २१,स्याङ्जा ।नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ । निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक… पुरा पढौ

क्युपेको रक्तदानमा ५७ युनिट रगत संकलन

क्युपेक कास्कीले बिहीबार आयोजना गरेको खुला रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको २७ औं स्थापना दिवसको अवसरमा कार्यक्रम भएको हो । नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यक्रममा श्रमिक देशको जिम्मेवार नागरिक भएको बताए । उनले श्रमिकहरु सामाजिक तथा रचनात्मक काममा समेत सक्रियतापूर्वक लागेको उल्लेख गरे । कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव तथा कास्कीका… पुरा पढौ

बाल हितकारीलाई अन्तर्राष्ट्रिय सम्मान

पोखराको बालहितकारी परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार, शारीरिक विकास तथा पुनस्र्थापनाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत संस्था पुरस्कृत भएको हो । रिहाबिलिटेसन इन्टरनेसनलले १ सय वर्ष पूरा गरेको सन्दर्भमा चीनको राजधानी बेइजिङमा भएको समारोहमा १० हजार डलर, प्रमाणपत्र र पदकसहित सम्मान पाएको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए । गत जेठ ७ गते भएको समारोहमा संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईलाई सो पुरस्कार प्रदान गरिएको हो… पुरा पढौ

दिनेशको नयाँ कृति बजारमा

साहित्यकार दिनेश बस्नेतको बालकविता सञ्चयन गाउँको बाटो बजारमा आएको छ । कोपिला किताब काठमाडौंले प्रकाशन गरेको कृतिमा १९ कविता संगृहित छन् । कृतिका कवितामा चित्रांकन कलाकार पल्पसा मानन्धरले गरेकी छन् । किताबको मूल्य ३ सय रुपैयाँ छ । पोखरा २० भलामका बस्नेतको यो पाँचौ कृति हो । यसअघि उनका देशको माया बालकथा संग्रह, बिचरा शान्ति कथासंग्रह, बुुवासँग कथासंग्रह र देश सम्झिएर बाल कथा संग्रह प्रकाशित छन् । कवि बस्नेतले यो… पुरा पढौ

बुद्धिजीवी परिषद् गण्डकी अध्यक्षमा चन्द्रबहादुर

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्राडा चन्द्रबहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । परिषद्को उपाध्यक्षमा भोजराज दाहाल, सचिव बाबुराम केसी, उपसचिव ध्रुवराज सिग्देल र हेमलाल पौडेल र कोषाध्यक्ष गोरखबहादुर जिसी चुनिएका छन् । कार्यक्रममा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले देशको विषम अवस्थामा बुद्धिजीवीले अहं भूमिका खेल्नुपर्ने बताइन् । उनले मुलुकको समसामयिक राजनीतिक अवस्थाको… पुरा पढौ

किशोरीका समस्या सुल्झाउने गण्डकी सरकारको वाचा

किशोरीको सशक्तीकरण र विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले जनाएका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सोमबार भएको अन्तरक्रियामा अधिकारीले यस्तो प्रतिवद्धता गरेका हुन् । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ३५ किशोरीले आफूहरु काम गर्दा आएका विभिन्न विषयमा ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश… पुरा पढौ

पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

सप्तरीमा एक महिलाले बीमाको रकमको लोभमा श्रीमानको हत्या गरेकी छन् । ऋण चुक्ता गर्न बीमा रकम लिन श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा… पुरा पढौ

चैत्राष्टमी मेला-२०७९ को तयारी पुरा: स्थानिय उत्पादनलाई प्राथमिकता

नेपालकै पुरानो मेलाको रुपमा परिचित चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुँदैछ | प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरको परिसरमा आयोजना हुने यस वर्षको मेलाको तयारी पुरा भएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको शनिवार आयोजित पत्रकार भेटघाटमा आयोजकले जनाएको छ | पाँचदिन सम्म सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना… पुरा पढौ

बाल हितकारीको रजत वर्षमा स्मारिका

बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका बुधबार सार्वजनिक गरिएको छ । समारोहमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले नेपालमा राज्यले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए । उनले वडा कार्यालयले भौतिक क्षेत्रमा ६० र मानवीय क्षेत्रको विकासमा ४० प्रतिशत बजेट राखेर विकासको सन्तुलित मोडेल अपनाएको जनाए । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले… पुरा पढौ

समीरको कोरोनातन्त्र प्रकाशित

बिगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ | लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो | कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ | कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं