बुद्धिजीवी परिषद् गण्डकी अध्यक्षमा चन्द्रबहादुर

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्राडा चन्द्रबहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । परिषद्को उपाध्यक्षमा भोजराज दाहाल, सचिव बाबुराम केसी, उपसचिव ध्रुवराज सिग्देल र हेमलाल पौडेल र कोषाध्यक्ष गोरखबहादुर जिसी चुनिएका छन् ।

कार्यक्रममा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले देशको विषम अवस्थामा बुद्धिजीवीले अहं भूमिका खेल्नुपर्ने बताइन् । उनले मुलुकको समसामयिक राजनीतिक अवस्थाको वस्तुनिस्ट समीक्षा र विश्लेषणको लागि बुद्धिजीवीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरिन् ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय महासचिव गजेन्द्र थपलिया, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव डा कृष्णराज अधिकारी, बुद्धिजीवी परिषद् गण्डकी प्रदेश तदर्थ समितिका संयोजक कृष्ण केसी, गण्डकीका सहसंयोजक गोपाल पौडेल, सचिव रुचिला सापकोटा र बुद्धिजीवी परिषद्का कास्की अध्यक्ष प्राध्यापक विश्वराज अधिकारी लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।