दिनेशको नयाँ कृति बजारमा

साहित्यकार दिनेश बस्नेतको बालकविता सञ्चयन गाउँको बाटो बजारमा आएको छ । कोपिला किताब काठमाडौंले प्रकाशन गरेको कृतिमा १९ कविता संगृहित छन् ।

कृतिका कवितामा चित्रांकन कलाकार पल्पसा मानन्धरले गरेकी छन् । किताबको मूल्य ३ सय रुपैयाँ छ ।

पोखरा २० भलामका बस्नेतको यो पाँचौ कृति हो । यसअघि उनका देशको माया बालकथा संग्रह, बिचरा शान्ति कथासंग्रह, बुुवासँग कथासंग्रह र देश सम्झिएर बाल कथा संग्रह प्रकाशित छन् ।

कवि बस्नेतले यो कृतिले गाउँका सम्पदा, व्यवहार, संस्कृति र नेपालीपन बालबालिकालाई सिकाउन मद्दत गर्ने बताए ।