बाल हितकारीको रजत वर्षमा स्मारिका

बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका बुधबार सार्वजनिक गरिएको छ ।

समारोहमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले नेपालमा राज्यले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए । उनले वडा कार्यालयले भौतिक क्षेत्रमा ६० र मानवीय क्षेत्रको विकासमा ४० प्रतिशत बजेट राखेर विकासको सन्तुलित मोडेल अपनाएको जनाए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले राज्यले सबै वर्ग र समुदयलाई शिक्षाको मुल धारमा ल्याउन नसकेको स्वीकारे । उनले सबै नागरिकलाई शिक्षा पाउने मौलिक अधिकार दिलाउन राज्यसँगै गैरसरकारी, निजी र सर्वसाधारणको समेत प्रयास जरुरी हुने औंल्याए ।

संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मोहन काफ्ले, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका स्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत शरद गुरुङ, किडासाका राष्ट्रिय निर्देशक जेरीमी साउथन, उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुर भट्टराई, संस्थाको जीवन उपयोगी सिप शिक्षा कार्यक्रमका संयोजक संगीता भण्डारी, सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइराला, अपांगता सञ्जाल पोखरा १५ का अध्यक्ष गंगाबहादुर खड्का, ज्योति बाल क्लबका अध्यक्ष आशीष परियार, शिवशक्ति बाल क्लबका अध्यक्ष रचना विक लगायतका बक्ताले संस्थाले बोलेका थिए ।