ताजा समाचार

समाज

परपुरुषसँग सम्बन्ध राखेको भन्दै श्रीमतीको योनीमा घोँचो कोचेर हत्या

उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको यौनांगमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेको प्रहरीले जनाएको छ । यौनांगमा घोँचो घुसारे लगत्तै सुभन्द्राको मृत्यु भएको हो ।राईका दुईवटी श्रीमतिमध्ये मृतक सुभद्रा कान्छी श्रीमति हुन् । श्रीमतीको हत्यापछि राईलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान… पुरा पढौ

दाइलाई खुकुरीले छप्काएर भाइले गरे आत्महत्या

इलामको सन्दकपुर गाउँपालिका–१ माइपोखरी बन्दुकेका एक ब्यक्तिले दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर आफूले भने आत्महत्या गरेका छन् । ६४ वर्षका विष्णु राईलाई खुकुरी प्रहारी प्रहार गरेर भाइ ४५ वर्षका बुद्ध राईले झुण्डिएर आत्महत्या गरेका हुन् । गम्भीर घाइते विष्णुको इलाम अस्पतालमा सामान्य उपचारपछि झापा रेफर गरिएको छ । उनलाई खुकुरी प्राहारसँगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको बताइएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने खुलेको… पुरा पढौ

चट्याङ लागेर पर्सामा एकको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन्।मृतक… पुरा पढौ

मानव सेवा आश्रमलाई स्टिल दराज सहयोग

पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिकोत्सवको अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई ५ वटा स्टिल दराज प्रदान गरिएको छ । आश्रममा रहेका आश्रितको कपडा व्यवस्थित गर्न करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो । संघकी उपमहासचिव चिनु गुरुङको समन्यमा ती दराज हन्तान्तरण गरिएको हो । संघका महासचिव अर्जुन पोखरेल,उपमहासचिव चिनु गुरुङसहित संघका कार्यसमितिका सदस्य ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा, संघ… पुरा पढौ

बाल तथा महिला सशक्तिकरणको साधारणसभा

बाल तथा महिला सशक्तिकरण समाज नेपाल (सिडब्लुइएस) को २० औं साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ । समाजमा पछाडि पारिएका महिला तथा बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थालाई सुदृढ गरी सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ वि.सं. २०५५ सालमा विभिन्न क्षेत्रका महिलाहरूले सिडब्लुइएस स्थापना गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं ५ की सदस्य हरिमाया विकले गरेकी थिइन् । संस्थाको पूर्वसचिव समेत रहेकी वि.क.ले सिडब्लुइएसमा… पुरा पढौ

सिद्धार्थ क्लबको नेतृत्वमा पार्वती माकाजू

पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबको महत्वपूर्ण पदहरूमा महिला पुगेका छन् । अन्य संघसंस्थामा महिलाको संख्या र उपस्थिति ज्यादै न्यून भइरहेको अवस्थामा सिद्धार्थ क्लबको महत्वपूर्ण पदहरूमा महिला पुगेका छन् । साथै क्लबको ११ पदमध्ये ५ पदमा महिला चयन भएका छन् । क्लबको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र सहसचिव र सदस्य पदमा महिला पुगेका हुन् । अध्यक्ष पदमा पार्वती माकाजू चयन भएकी छन् । उनले शनिबार पदस्थापन, पद तथा गोपनीयताको शपथ… पुरा पढौ

झाँक्रीले बिरामीको पेट चिरिदिएपछि…

कमलपित्त (जण्डिस) को उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उपचार गर्ने भन्दै बिरामीको पेट चिर्ने गरेको तथ्य खुलेको छ । नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचितलाई स्वागत

पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बुधबार स्वागत र सम्मान गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेनबाट बलराम ढकालको नेतृत्वमा सर्वसम्मत चुनिएका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समय व्यवसाय गर्दा लागत बढेकोले उद्योगी/व्यवसायीले व्यवसायबाटै हात धुने अवस्था आएको बताए । उनले सरकारले लगाएका करहरु र अव्यवहारिक नीतिका कारण प्रताडनामा परेको व्यवसायीहरुले एकतावद्ध भएर… पुरा पढौ

युवा उद्यमी मञ्चद्धारा विद्यालयलाई सहयोग

भूकम्पबाट क्षति भएको कास्कीको पोखरा–२१, कृस्तिस्थित तत्कालीन बक्रेक आधारभूत विद्यालयलाई नेपाली युवा उद्यमी मञ्च पोखराले सहयोग गरेको छ । मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलको नेतृत्वमा ३ वटा कोठामा सिलिङ निर्माण कार्य सम्पन्न गरेर मञ्चले हस्तान्तरण गरियो । बुधबार एक कार्यक्रमका बीच सिलिङ निर्माणको अनुगमन तथा हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भूकम्प पछि विद्यालयलाई मञ्चले निरन्तर सहयोग गर्नु प्रशंसनीय र उदाहरणीय कार्य भएको धारणा… पुरा पढौ

एगा पोखराको १६औं साधारणसभा

एम्ब्रोइटरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको १६ औं साधारणसभा तथा घरवास कार्यक्रम अन्नपूर्ण गाउँपालिका-४ स्थित भदौरे होमस्टेमा भएको छ । पर्यटकीय सम्भावनाको खोजी गर्दै एगाको टोली आइतबार कास्कीको भदौरे सामुदायिक होमस्टे पुगेको थियो । उक्त होमस्टेमै एगाले १६औं साधारणसभा आयोजना गरेको हो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले एगाले नेपाललाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पोखरामा विदेशीको ओइरो लागेको तथ्यांक आइरहे पनि त्यो तथ्यांक… पुरा पढौ