लेकसाइडको फुटट्रायकमा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पोखरा लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफीगरे बापत मिलन पहारी समेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारी पनि छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
१५ जनाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती ४ जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।
पक्राउ अभियुक्तको विवरण
१। पोखरा ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी ।
२। पोखरा ६ लेकसाईड बस्ने वर्ष २२ को प्रवीन विश्वकर्मा ।
३। पोखरा ६ लेकसाईड बस्ने वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल ।
४। पोखरा ६ खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दीपेन्द्र पहारी ।





