भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
शुक्रबार अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको छ ।