विशेष मुक्तक वाचनमा नवपुस्ता

नवपुस्तालाई प्रोत्साह गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचन श्रङ्खलामा विशेष कार्यक्रमको आयोजना गरेको भव्यताका साथ समापन गरेको छ ।

हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुनेगरेकोमा यसपटक भने मुक्तक मञ्चले बिशेष मुक्तक वाचनमा नयापुस्ता कार्यक्रम राखेको हो ।

कार्यक्रममा बिशेष वाचकहरू बिवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुंगाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजित प्रसाद कुशवाहा र बिना ढुङ्गानाले चोटिला मुक्तक वाचन गरेका थिए ।
कार्यक्रमको सभापतित्व मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजी प्रसाद आचार्यले गर्नु भयको थियो । डा. इश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिषठानकी सदस्य सरस्वती श्रेष्ठ (सरू), कवि लक्ष्मी थापा, कवि इन्द्र प्रतिक राना लगायतका बिशेष व्यक्तित्व सहित बिभिन्न ठाउँका अग्रज स्रष्टा गरि झण्डै छ दर्जनको उपस्थित रहेको थियो ।

कार्यक्रमा वाचकहरुले मुक्तकलाई पहिलो र दोश्रो चरण गर्दै श्रोताहरुलाई मनोरञ्जन दिएका थिए । त्यसैगरी कार्यक्रमको अन्तिममा मुक्तक मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले नयाँ पुस्ता बिशेष वाचकलाई मुक्तक लेखनको यात्रा थप शशक्त बनाउनका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको उदघोषण संस्थाका सचिव नवीन भन्डारी र सह-सचिव श्रद्धा आचार्यले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीराम अघिकारी ‘गोर्जे’ले राखेका हुन ।