पार्किङ हटाउने निर्णयबाट पछि हट्यो महानगर

पोखरा महानगरपालिका महानगरका मुख्य क्षेत्रका सडकमा पार्किङ हटाउने निर्णयबाट पछि हटेको छ । यसअघि महानगरले सोमबारदेखि पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल चिप्लेढुंगा, न्युरोड, सभागृहचोकदेखि पृथ्वीचोकसम्म सडकमा पार्किङ हटाउने निर्णय गरेको थियो ।

महानगरको त्यो निर्णयपछि पोखरा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाले वैकल्पिक तयारीबिना भएको निर्णयको विरोध गरेका थिए ।