समाज

मुस्ताङमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हँुदै जान थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।जिल्ला अस्पताल जोमसोमका कोभिड—१९ फोकल पर्सन डा. केविन पौडेलका अनुसार बुधबारसम्म कोभिड पोजेटिभको सँख्या ३० पुगेको छ । जिल्ला अस्पतालको नियमित कोरोना एन्टिजेन परीक्षण गर्दा ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।मुस्ताङको घरपझोङमा ३ जना र घरपझोङ २ मा १ जना व्यक्तिमा कोरोना… पुरा पढौ

मुस्ताङमा बढे कोरोना संक्रमित

जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदै जान थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।जिल्ला अस्पताल जोमसोमका कोभिड—१९ फोकल पर्सन डा. केविन पौडेलका अनुसार मुस्ताङमा मंगलबारसम्म कोभिड पोजेटिभको सख्या २६ पुगेको छ । जिल्ला अस्पतालको नियमित कोरोना एन्टिजेन परीक्षण गर्दा मंगलबार ६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबार मुस्ताङको घरपझोङमा ४ जना , घरपझोङ ५ मा १… पुरा पढौ

मुस्ताङ प्रशासनको नियमित सेवा बन्द

कोरोना जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार देखि यसअघि दिदै आईरहेको नियमित सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अतिआवश्यकीय सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्धारा जारी गरिएको सूचनामा कोभिड—१९ को बढ्दो संक्रmमण… पुरा पढौ

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै मुस्ताङका ३ तहमा धमाधम परीक्षा संञ्चालन

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै हिमाली जिल्ला मुस्ताङका ३ तहमा धमाधम वार्षिक परीक्षा संञ्चालन भईरहेको पाईएको छ ।सोमबार नेपाल सरकारद्धारा गठित उच्चस्तरीय सीसीएमसी निर्देशक समितिको बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थिती हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि मुस्ताङका विद्यालयले त्यसलाई अटेर गरी परीक्षा संञ्चालन गरेको पाईएको हो ।५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङको थासाङमा गत बैशाख ९ गते ,घरपझोङमा १० गते र वारागुङमुक्ति क्षेत्र गाउपालिकामा बैशाख १२… पुरा पढौ

कोभिडका बिमारीले भरियो जोमसोम अस्पताल

मुस्ताङको जोमसोममा कोभिड—१९ लक्षण भएका बिमारीको चाप बढेको अस्पताल श्रोतले जनाएको छ ।अस्पतालमा दिनहु कोभिड—१९ लक्षण भएका बिरामीको संख्या बढेसंगै आईतबारअस्पतालले एक प्रेष बिज्ञप्ती जारी गर्दै अस्पतालमा भर्ना हुन आउने व्यक्ति तथा सेवाग्राहीलाई अनिवार्य माक्स प्रयोग र अनिवार्य भौतिक दुरी कायम गरी सेवा लिन आउन आग्रह गरेको छ ।जिल्ला अस्पताल जोमसोममा पीसीसीआर परीक्षणको सुविधा नभएको र लक्षण भएका बिरामीलाई कोभिड—१९ एन्टीजेन परीक्षण गर्ने गरिएको छ । शरिरमा कोरोना भाईरस भए… पुरा पढौ

भाईबर र वाड्स एपमा भारतीयको ठगी धन्दा

सुन्दरकुमार थकालीजोमसोम—केही वर्ष यता केही भारतीय गिरोहले नेपाली सर्वसाधरणलाई भाईबर र वाड्स एपको माध्यमबाट ठगी धन्दा चलाउन सक्रिय छन् । ठेगाना उल्लेख नगर्ने आकाश बर्मा नाम उल्लेख भएको उक्त भारतीय व्यक्तिले तपाईलाई भाईबर÷वाड्स एपबाट पुरस्कार भारु २५ लाख परेको भन्दै नेपालमा ठगी धन्दा चलाउने गरेको रहस्य बिहिबार खुलेको छ ।भाईबर र वाड्स एप पुरस्कारको माध्यमबाट ठगी गर्ने ति गिरोह आकाश बर्माले पुरस्कार प्राप्त गर्न लाग्ने राजश्व वापतको शुल्क आफ्नो एकाउन्टमा… पुरा पढौ

मुक्तिनाथमा कर्मचारी मिलनकेन्द्रको निःशुल्क चियापान

दशै तथा रामनवमी पर्वको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर पुगेका श्रद्धालु भक्तजनलाई निःशुल्क चिया वितरण गरिएको छ । कर्मचारी मिलनकेन्द्र मुस्ताङले विशुद्ध सामाजिक सेवाको भावले मुक्तिनाथ पुगेका भक्तजनहरुका लागि मंगलबार र बुधबार निःशुल्क चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।क्र्मचारी मिलन केन्द्र मुस्ताङले २ हजार ६ सय २५ जना श्रद्धालु भक्तजनलाई मुक्तिनाथमा निःशुल्क चिया वितरण गरेको मिलनकेन्द्रका अध्यक्ष रुक्मागत सुबेदीले जानकारी दिए ।कर्मचारीहरुको एकता र सामाजिक कार्यका लागि… पुरा पढौ

भुकम्पले जीर्ण ज्वालामाई पूननिर्माण सुरु

२०७२ सालको विनाशकारी महाभुकम्पको क्षतिग्रष्त जीर्ण ज्वालामाई गुम्बाको पूननिर्माण सुरु भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगत पुरातत्व विभागको १ करोड बजेटबाट चालु आर्थिक वर्षको नया वर्षदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित मुक्तिक्षेत्र ज्वालामाई गुम्बा पुननिर्माण हुन लागेको हो ।मुक्तिनाथक्षेत्रमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वले भरिएको ज्वालामाई गुम्बा पूननिर्माणका लागि पुरातत्व विभागले आर्थिक वर्ष २०७६÷०७७ मा बजेट बिनियोजन गरेको थियो । तर विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको… पुरा पढौ

वित्तिय सूचना प्रणालीमा जोडिदै मुस्ताङ

हिमाली जिल्ला मुस्ताङ अब वित्तिय सूचना प्रणालीमा जोडिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले महालेखा नियन्त्रण कार्यालयले निर्माण गरेको सफ्वेयरका माध्यमबाट जिल्लाका ५ वटै स्थानीय तह र सरकारी कार्यालयमा हुने बित्तिय अभिलेख सूचना प्रणालीमा सुरक्षित रहने जनाएको छ ।यसअघि संघको महालेखा नियन्त्रण कार्यालय र जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा मात्र सीमित यसप्रकारको सूचना प्रणाली चालु आर्थिक वर्षबाट प्रदेश तथा जिल्लाका सबै सरकारी कार्यालयमा कार्यान्वयनमा आएको हो ।सूचना… पुरा पढौ

चैते दशै अघि मुक्तिक्षेत्रमा तिर्थालु

सतह देखि ३८ सय मिटर अग्लो उचाईमा अवस्थित मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा आन्तरिक तिर्थालुको घुईचो बढेको छ । नया वर्ष तथा चैते दशैको पूर्वसन्ध्यामा पवित्र धार्मिक स्थल मुक्तिनाथमा आन्तरिक तिर्थालुृ वृद्धि भएको जनाईएको छ ।बर्सेनि चैते दशै औशी तथा बडादशै औशीको सेरोफेरोमा उल्लेख भक्तजनहरु मुस्ताङको मुक्तिनाथ दर्शन गर्न पुग्ने गरेको पाईएको छ । विगत वर्षहरु झै यसपटक पनि चैते दशै औशी देखि आन्तरिक तिर्थालु मुक्तिनाथ दर्शनका लागि हिमाली जिल्ला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं