भाईबर र वाड्स एपमा भारतीयको ठगी धन्दा

- आफुलाई २५ लाख भारु अर्थात नेपाली ३० लाख रकम पठाएको भन्दै २२ हजार २ सय रुपैया बर्माको एकाउन्टमा जम्मा


सुन्दरकुमार थकाली
जोमसोम—केही वर्ष यता केही भारतीय गिरोहले नेपाली सर्वसाधरणलाई भाईबर र वाड्स एपको माध्यमबाट ठगी धन्दा चलाउन सक्रिय छन् । ठेगाना उल्लेख नगर्ने आकाश बर्मा नाम उल्लेख भएको उक्त भारतीय व्यक्तिले तपाईलाई भाईबर÷वाड्स एपबाट पुरस्कार भारु २५ लाख परेको भन्दै नेपालमा ठगी धन्दा चलाउने गरेको रहस्य बिहिबार खुलेको छ ।
भाईबर र वाड्स एप पुरस्कारको माध्यमबाट ठगी गर्ने ति गिरोह आकाश बर्माले पुरस्कार प्राप्त गर्न लाग्ने राजश्व वापतको शुल्क आफ्नो एकाउन्टमा पठाउन भन्दै ठगी गर्ने गरेको बताईएको छ ।बिहिबार मुस्ताङको जोमसोममा रहेको प्रभु बैंकको शाखामा आकाश बर्मा नाम गरेका व्यक्तिले आफुलाई २५ लाख भारु अर्थात नेपाली ३० लाख रकम पठाएको भन्दै २२ हजार २ सय रुपैया बर्माको एकाउन्टमा जम्मा गरेको थासाङ—१ टुकुचेका धिरेन्द्र पटेलले बताए । यसपछि पैसा बर्माको एकाउन्टमा जम्मा भए लगत्तै उनको वाड्स एपमा बर्माले पठाएको नेपाली ३० लाखको ई भौचरको म्यासेज आयो ।
भौचर लिएर प्रभु बैंकको जोमसोम शाखामा पैसा झिक्न बिहिबारै हतार÷हतार गरी आएका पीडित धिरेन्द्र पटेल पुगे । बैकका कर्मचारीले उनको एकाउन्ट खाता चेकजाच गर्दा रकम जम्मा भएको थिएन । सोमबार धिरेन्द्र पटेलको वाड्स एपमा आकाश बर्मा नाम गरेका व्यक्तिले उनलाई पुरस्कार परेको जानकारी गराएका थिए । बैंकमा पुरस्कार स्वरुप प्राप्त रकम झिक्न आएको पटेल रकम नआएपछि आफु ठगिएको महशुस गरे ।
प्रभु बैंक जोमसोममा कार्यरत कर्मचारी बिमला शेरचनका अनुसार भारतीय गिरोह बर्माले प्रभु बैंकको हुबहु मिल्ने नक्कली बैक भौचर र स्टेम्प प्रयोग गरी भाईबर पुरस्कार नेरु ३० लाख जम्मा गरेको भौचर पीडितलाई पठाईएको थियो । भारतीय गिरोह बर्माले सन् २०२१ अप्रिल २२ तारिखमा पठाएको ई—सेवाको नक्कली भौचर पटेललाई पठाएको बुझिएको छ । बैंककी कर्मचरी शेरचनले यसअघि पनि केही व्यक्ति पटेल जस्तै पुरस्कार रकम बैंकमा आएको भन्दै बैंकमा आएको सुनाईन् ।
भाईबरको माध्यमबाट ठगी गर्ने आकाश बर्माले नेपालका विभिन्न व्यक्तिलाई पुरस्कार बहानामा ठगी गर्न बैंक एकाउन्टर नम्बर माग्ने गरेको र बैक एकाउन्ट नभएमा एकाउन्ट खोल्न लगाउन गरेको पाईएको छ । प्रभु बैक जोमसोमले भाईबर आतंकबाट नेपाली सर्वसाधारणलाई पुरस्कार प्रलोभन देखाएर ठगी धन्दा चलाउने गरेको र त्यस प्रति नेपालीहरु सचेत रहनु पर्ने सुझाव दिएको छ ।

View Post

फोटो ः आकाश बर्मा नाम गरेका व्यक्तिले पटेललाई वाड्स एपमा पठाएको प्रभु बैंकको नक्कली ई—सेवा भौचर ।