चैते दशै अघि मुक्तिक्षेत्रमा तिर्थालु

सतह देखि ३८ सय मिटर अग्लो उचाईमा अवस्थित मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा आन्तरिक तिर्थालुको घुईचो बढेको छ । नया वर्ष तथा चैते दशैको पूर्वसन्ध्यामा पवित्र धार्मिक स्थल मुक्तिनाथमा आन्तरिक तिर्थालुृ वृद्धि भएको जनाईएको छ ।
बर्सेनि चैते दशै औशी तथा बडादशै औशीको सेरोफेरोमा उल्लेख भक्तजनहरु मुस्ताङको मुक्तिनाथ दर्शन गर्न पुग्ने गरेको पाईएको छ । विगत वर्षहरु झै यसपटक पनि चैते दशै औशी देखि आन्तरिक तिर्थालु मुक्तिनाथ दर्शनका लागि हिमाली जिल्ला मुस्ताङ ओईरिएका छन् । एक वर्ष लामो कोरोना कहरपछि मुक्तिनाथ दर्शन गर्ने तिर्थालुको संख्या बढ्न थालेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । नेपालमा पनि कोभिडको दोश्रो लहर देखा परेपनि मुस्ताङमा यसको जोखिम नरहेकाले दैनिक २ हजार बढीको संख्यामा आन्तरिक तिर्थालु मुक्तिनाथ दर्शन गर्न आउने गरेको सुवेदीले बताए ।
मुक्तिनाथ मन्दिरमा दिनुह २ हजारको संख्यामा आन्तरिक तिर्थालुहरु पुग्ने गरेपनि मन्दिर व्यवस्थापनले कोभिड रोकथामका लागि आवश्यक सुरक्षा पामदण्डमा वेवास्ता गरेको पाईएको छ । दिनहु संयौंको संख्यामा तिर्थालुको भीडभाड हुने मन्दिर परिसरमा भौतिक दुरी कायम गर्ने र आवश्यक स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने नियम कार्यान्वयन नहुदा कोभिडको उच्चजोखिम बढेको हो । तर ,मुक्तिनाथ विकास समितिले भने कोरोनो जोखिम रोकथाम गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तिर्थालुलाई दर्शन गर्ने व्यवस्था मिलाईएको दावी गरेको छ ।
मुक्तिनाथ मन्दिरमा चैते दशै औशी देखि दर्शन गर्न जाने तिर्थालु भीडभाड बढेको छ । मन्दिर परिसर देखी १०८ धारा र कुण्डमा स्नान गर्ने तिर्थालु बाक्लो भीडभाड देखिएको हो । हिन्दु चाडपर्व तथा नया वर्षको सुरुआतसंगै तिर्थालुको रौनकले मुक्तिनाथ मन्दिर गुल्जार देखिएको हो । मुस्ताङको मुक्तिनाथ र प्युठानको स्र्वद्धारी धार्मिक स्थल मुक्ति मार्ग भएकाले आफुहरु मुक्तिनाथ दर्शन गर्न आएको झापाकी तिर्थालु सलु दाहाल नेपालले बताईन् । मुक्तिनाथक्षेत्र बद्रीनाथ र केदारनाथ धार्मिक स्थल जस्तै अत्यन्तै ठुलो धार्मिक तपोभुमी भएकाले यहा आउने पर्यटकका लागि पर्याप्त होटल र धर्मशालाहरुको व्यवस्था गरिनु पर्ने सरोकारवाला निकायलाई सुझाईन् । उनले नेपालकै प्रसिद्ध धाम मुक्तिनाथ मन्दिर महत्वपूर्ण धार्मिक स्थल भएपनि बाटो÷घाटो र मन्दिर सम्म पुग्न बृद्धबृद्धा र अपाङगता भएकाले ब्यक्तिलाई दर्शनका लागि चुनौति भएको उल्लेख गरिन् । मुक्तिनाथक्षेत्रमा पनि मनकामना मन्दिर जस्तै केवलकारको व्यवस्था हुने सके बृद्धबृद्धालाई सहज हुने जनाईन् ।
यस्तै झापाकै अर्का तिर्थालुले प्राकृतिक र धार्मिक दृष्टीकोणले मुक्तिक्षेत्र अतिरिक्त बरदान भएको प्रतिक्रिया व्यक्त गरे ।हिमाली जिल्ला मुस्ताङमा आउदा बेग्लै प्रकारको उमंग र उत्साह भरिएको उनको भनाई छ । मुक्तिनाथमाा साक्षात भगवानको दर्शन गर्न पाउनु अहोभाग्य भएपनि यहासम्म आईपुग्न भौगोलिक विकटता र सडक समस्या चुनौतिपूर्ण रहेको उल्लेख गरे ।उनले कोभिड रोकथामका लागि सुरक्षित यात्राका लागि प्रोत्साहन गरिनु पर्ने बताए ।
तर मुक्तिनाथ दर्शनका लागि आएका काठमान्डौका तिर्थालु सुकराज केशीले भने विगत वर्षहरुको तुलनामा मुक्तिनाथ यात्रा सहज भएको दावी गरे । उनले काठमान्डौंबाट मुक्तिनाथसम्म आईपुग्दा कुनै दुखकुष्ठ झेल्न नपरेको र अन्य तिर्थालुलाई पनि नर्धक्क मुक्तिनाथ दर्शन गर्न आउन आग्रह गरे । उनले उच्च उचाईमा रहेको मुक्तिक्षेत्रमा नेपाली सेनाले अल्टिच्युडले बिरामी पर्ने व्यक्तिको उद्दारका लागि आपत्कालिन हेल्थ डेस्क स्थापना गरिएको र मन्दिरमा स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था राम्रो भएको जनाए ।
पछिल्लो समय मुक्तिनाथ मन्दिरमा आन्तरिक तिर्थालुको संख्या बढेपनि मुक्तिनाथ मन्दिरसम्म पुग्ने अपाङ्गमैत्री बाटो नहुदा बृद्धबृद्धा र अपाङ्ग तिर्थालुलाई सास्ती पर्ने देखिएको छ । मुक्तिनाथको तल्लो गेट देखि मुक्तिनाथको उपल्लो गेट पुग्ने सिढि बाटो निर्माण भईरहेको छ । यसअघि बृद्धबृद्धा र अपाङ्ग तिर्थालुलाई सेवा दिने घोडाको सेवा समेत बन्द भएकाले त्यस्ता तिर्थांलुलाई मन्दिर पुग्न समस्या परेको छ । मुस्ताङमा आन्तरिक तिर्थालु वृद्धि भएसंगै कोभिड माहामारीले थला परेका मुस्ताङका पर्यटन व्यवसायीमा केही उत्साह जगाएको पाईएको छ । बशन्तऋतुको आगमनसंगै मुस्ताङ होटलहरु तिर्थालुले भरिभराउन हुन थालेको छ भने मुस्ताङको स्थानीय कृषि उत्पादनले समेत प्राथमिकता पाउन थालेको छ ।