कोभिडका बिमारीले भरियो जोमसोम अस्पताल

- ११ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना व्यक्तिको एन्टिजेन रिपोर्ट पोजेटिभ

मुस्ताङको जोमसोममा कोभिड—१९ लक्षण भएका बिमारीको चाप बढेको अस्पताल श्रोतले जनाएको छ ।अस्पतालमा दिनहु कोभिड—१९ लक्षण भएका बिरामीको संख्या बढेसंगै आईतबारअस्पतालले एक प्रेष बिज्ञप्ती जारी गर्दै अस्पतालमा भर्ना हुन आउने व्यक्ति तथा सेवाग्राहीलाई अनिवार्य माक्स प्रयोग र अनिवार्य भौतिक दुरी कायम गरी सेवा लिन आउन आग्रह गरेको छ ।
जिल्ला अस्पताल जोमसोममा पीसीसीआर परीक्षणको सुविधा नभएको र लक्षण भएका बिरामीलाई कोभिड—१९ एन्टीजेन परीक्षण गर्ने गरिएको छ । शरिरमा कोरोना भाईरस भए नभएको तुरुन्तै पत्ता लगाउन सकिने प्रविधि एन्टीजेन परीक्षणको सुविधा अस्पतालले प्रदान गरेको अस्पतालका निमित्त मेडिकुल सुपरिटेन्डेन डा. मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार यसप्रकारको परीक्षणबाट ३० मिनेट भित्रै एन्टीजेन रिपोर्ट प्राप्त हुन्छ ।नेपालमा एन्टीजेन किट मार्फत परीक्षण गरिएका अधिकांश व्यक्तिको पीसीआर रिपोर्ट समेत पोजेटिभ आउने गरेको डा. घिमिरेले बताए ।
मुस्ताङ जिल्ला अस्पतालमा कोभिड—१९ लक्षण भएका ११ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना व्यक्तिको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको जनाईएको छ ।जसमध्ये एकजना व्यक्ति अस्पतालकै स्वास्थ्यकर्मी हुन् ।यसका साथै जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी पनि कोभिड—१९ को लक्षण देखिन थालेकाले अस्पताल आउदा सावधानी अपनाउन सेवाग्राहीलाई अनुरोध गरिएको हो ।यस्तै जिल्ला अस्पताल जोमसोमले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्यकर्मचारीलाई अतिआवश्यक कामकाज बाहेक बिदामा नबस्न समेत निर्देशन गरेको छ ।
छिमेकी देश भारतसंगै नेपालमा कोरोना संक्रमणको दोश्रो लहर बढेको छ ।हिउदयामको समाप्तीसंगै हिमाली जिल्लामा धार्मिक पर्यटक बढेपछि मुस्ताङ जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको हो । कोरोना मुक्त जिल्ला मुस्ताङमा दिनुह सयौंको संख्यामा आन्तरिक पर्यटकका साथसाथै भारतीय र फरनेर विदेशी पर्यटक जिल्ला भित्रिन थालेपछि जिल्ला सीसीएसीको बैठकले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर बैशाख मशान्तसम्मका लागि पूर्णरुपमा बन्द गरिसकेको छ ।बैठकले मुक्तिनाथसंगै जिल्लाका गुम्बा ,मठ÷मन्दिर र चर्चहरुमा गरिने नियमित नित्य कर्म र पुजापाठ बाहेक सबै सेवा बन्द गरेको हो ।
जिल्ला सीसीएसी बैठकले पोखरा÷जोमसोम हवाई सेवा र लामो तथा छोटो दुरीका यातायातका साधनलाई भने रोक लगाएको छैन । तर पोखरा—जोमसोम हवाई सेवा आईतबार देखि बन्द भएको छ । जिल्ला भित्र आवत÷जावत गर्दा अनिवार्य माक्सको प्रयोग र भौतिक दुरी कायम गर्न निर्देशन गरेको छ ।


मुस्ताङमा ५ सय ६४ जनाले लगाएको कोरोना खोपः

हिमाली जिल्ला मुस्ताङमा ५ सय ६४ जना व्यक्तिले कोरोना विरुद्धको दोश्रो खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । जिल्लाका जनप्रतिनिध ,कर्मचारी,सुरक्षा निकाय पत्रकार लगायतले गत फागुन ११ गतेसम्म कोरोना विरुद्ध खोप लगाएकाहरुलाई बैशाख ९ गते देखि ११ गतेसम्म कोरोना बिरुद्ध दोश्रो खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसारम मुस्ताङका ५ वटै स्थानीय तहमा गरी ३ सय ६० जना पुरुष र २ सय ४ जना महिलालाई कोरोना बिरुद्धको खोप लगाएका हुन् । मुस्ताङमा ५ सय ६४ जनालाई खोप लगाउदा ५४ भायल खोप खर्च भएको जनाईएको छ ।