समाज

मुस्ताङमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

सुन्दरकुमार थकालीजोमसोम—दोश्रो लहरको कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेको जनाउदै हिमाली जिल्ला मुस्ताङमा बिहिबार पूनः एक साताका लागि निषेधआज्ञा थप गरिएको छ ।यसअघि बैशाख ३० गते जारी गरिएको निषेधआज्ञा आज जेठ ६ गते राति १२ बजे सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक निषेधआज्ञा जारी गरेको हो ।जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको सिफारिसमा कोभिड संकटग्रष्तक्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी दोश्रो पटक निषेधआज्ञा थप… पुरा पढौ

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए । पुरा पढौ

मुस्ताङको घरपझोङमा कोरोना संक्रमितको सेवामा एम्बुलेन्स

जोमसोम—कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र ल्याउन सुविधाका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बिहिबार देखि एम्बुलेन्स सेवा प्रदान गरेको छ ।मुस्ताङको घरपझोङ गाउपालिका भित्र कोरोनाको दोश्रो लहर फैलिन थालेपछि गाउपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको बन्दोबस्त गरेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।घरपझोङ गाउँपालिकाले सार्वजनिक भाडामा चल्ने बलेरो जिप एक महिनाका लागि ठेक्का लिएर कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पू¥याउन एम्बुलेन्स सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक थकालीले बताए ।पालिकाले ५ वटै वडाका… पुरा पढौ

मुस्ताङमा बिहिबार देखि लकडाउन, मुक्तिनाथ जेठ १५ गतेसम्म बन्द

जोमसोम—हिमाली जिल्ला मुस्ताङका तीन स्थानीय तहमा बिहिबार राति देखि लागु हुने गरी निशेषआज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति ( सीसीएमसी)को बैठकले जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार राति देखि एक साताका लागि मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निशेषआज्ञा जारी गरिएको जनाईएको छ ।समितिले मुस्ताङ जिल्लामा समेत कोरोना… पुरा पढौ

कोरोना सर्तकता अपनाउन जिल्लाबासीलाई सांसद बिष्टको अपिल

जोमसोम— कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सर्तकता अपनाउन गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जिल्लाबासी समक्ष अपिल गरेका छन् ।सांसद बिष्टले सोमबार बिज्ञप्ती प्रकाशित गरी मुस्ताङमा कोरोना संक्रमण वृद्धि भईरहेको प्रति चिन्ता व्यक्त गर्दै आवश्यक सजगता अपनाउन जिल्लाबासीमा अनुरोध गरेका हुन् ।सांसद बिष्टले बिज्ञप्ती मार्फत कोरोना रोकथाम तथा नियन्त्रण र यससंग प्रतिकार्य गर्न जिल्लाका सबै जनप्रतिनिधि,पार्टीपंत्ति र युवासाथीहरु स्वंयसेवी भावनाका साथ खट्न समेत आह्वान गरेका छन् ।यस्तै जिल्लाका स्थानीय… पुरा पढौ

संघीय सांसद तुलाचनको पहलमा मुस्ताङलाई स्वास्थ्य सामाग्री

जोमसोम—सरकारले हिमाली जिल्ला मुस्ताङका लागि ईलेक्ट्रोनिक अक्सिजन उपकरणसहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।संघीय सांसद प्रेमप्रसादको तुलाचनको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागले मुस्ताङका लागि कोरोना रोकथाम नियन्त्रण तथा कोरोना परीक्षण गर्ने एन्टिजेन किट र भिटिएम लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री संघीय सांसद तुलाचनको जिम्मामा मुस्ताङ पठाईदै छ ।जिल्लामा अक्सिजन अभाव ,परीक्षण किट तथा नमूना स्वाब… पुरा पढौ

मुस्ताङमा करेन्ट लागेर २ व्यक्ति घाईते,एकको अवस्था गम्भिर

हिमाली जिल्ला मुस्ताङमा सोमबार करेन्ट लागेर २ जना व्यक्ति घाईते भएका छन् ।घाईते मध्ये एक अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ एक्लेभट्टी भन्ने स्थानमा बिद्युत पोलमा चढी हाईटेन्सन लाईनको तार तान्ने क्रममा अचानक करेन्ट लाग्दा बाग्लुङ जिल्ला जैमुनी नगरपालिका बस्ने वर्ष ३२ को मनबहादुर बहीक र निर्मल सापकोटा घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।उनका अनुसार करेन्ट लागेर… पुरा पढौ

विद्यार्थी बलात्कार अरोपमा शिक्षक पक्राउ

आफैँले पढाउने विद्यालयकी छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलका मा शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् । उनको घर दोलखाको भीमेश्वर नगरपालिका–९ हो । उनलाई १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंको सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको हो । एसपी रमेश बस्नेतले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौं ल्याएर होटलमा राखेर बलात्कार गरेको अभियोगमा लामालाई पक्राउ… पुरा पढौ

हिमाली जिल्ला मुस्ताङमा पुग्यो ३४ कोरोना संक्रमित

फरक भूगोल ÷ सीमित मात्र जनशक्ति रहेको हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय कोरोना संक्रमितको संख्या क्रमशः वृद्धि हुँदै जान थालेको छ । गत बैशाख १५ गते देखि कोभिड—१९ एन्टिजेन परीक्षण सुरु गरिएको मुस्ताङमा अहिले कुल ३४ जना सक्रिय कोरोना संक्रमित पुगेको छ ।जिल्ला अस्तपाल जोमसोममा आज बिहिबार ४ जना कोरोना संक्रमित थपिए ।अस्पतालका कोभिड फोकल पर्सन केविन पौडेलका अनुसार घरपझोङ —४ मा ३ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा —१ जना… पुरा पढौ

मुस्ताङमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हँुदै जान थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।जिल्ला अस्पताल जोमसोमका कोभिड—१९ फोकल पर्सन डा. केविन पौडेलका अनुसार बुधबारसम्म कोभिड पोजेटिभको सँख्या ३० पुगेको छ । जिल्ला अस्पतालको नियमित कोरोना एन्टिजेन परीक्षण गर्दा ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।मुस्ताङको घरपझोङमा ३ जना र घरपझोङ २ मा १ जना व्यक्तिमा कोरोना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं