कोरोना सर्तकता अपनाउन जिल्लाबासीलाई सांसद बिष्टको अपिल


जोमसोम— कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सर्तकता अपनाउन गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जिल्लाबासी समक्ष अपिल गरेका छन् ।सांसद बिष्टले सोमबार बिज्ञप्ती प्रकाशित गरी मुस्ताङमा कोरोना संक्रमण वृद्धि भईरहेको प्रति चिन्ता व्यक्त गर्दै आवश्यक सजगता अपनाउन जिल्लाबासीमा अनुरोध गरेका हुन् ।
सांसद बिष्टले बिज्ञप्ती मार्फत कोरोना रोकथाम तथा नियन्त्रण र यससंग प्रतिकार्य गर्न जिल्लाका सबै जनप्रतिनिधि,पार्टीपंत्ति र युवासाथीहरु स्वंयसेवी भावनाका साथ खट्न समेत आह्वान गरेका छन् ।
यस्तै जिल्लाका स्थानीय पार्टी कमिटी,युवाक्लव,महिला समुह,लामा ज्युहरु,आम्ची ज्यु र जनप्रतिनिधिले स्थानीय तहसंगको समन्वय र स्वास्थ्यकर्मीको निर्देशनमा क्वोरन्टिनको व्यवस्थापन र त्यसको सही सदुपयोग गर्न र बाहिरबाट जिल्ला भित्रिएका व्यक्ति ,संक्रमणको आशंका भएका व्यक्ति क्वोरन्टाईनमा राख्न ,स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न ÷गराउन र अनुमगन गर्न बिज्ञप्ती मार्फत अपिल गरेका छन् ।
सांसद बिष्टले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई सहयोग पू¥याउन र उनीहरुलाई आत्मबल भर्ने उर्जा प्रदान गर्न सबै तहतप्का लाग्नु पर्ने उल्लेख गरेका छन् ।
जिल्लामा कोरोना माहामारीको समस्याबाट पीडित बनेका व्यक्तिहरुको सहयोगका लागि आफु सदैव साथमा रहेको र केही समस्या परे संम्पर्क गर्न अनुरोध गरेका छन् ।