संघीय सांसद तुलाचनको पहलमा मुस्ताङलाई स्वास्थ्य सामाग्री

- मुस्ताङका लागि ३ थान ईलेक्ट्रोनिक कन्सेटेटर अक्सिजन उपकरण


जोमसोम—सरकारले हिमाली जिल्ला मुस्ताङका लागि ईलेक्ट्रोनिक अक्सिजन उपकरणसहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।संघीय सांसद प्रेमप्रसादको तुलाचनको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागले मुस्ताङका लागि कोरोना रोकथाम नियन्त्रण तथा कोरोना परीक्षण गर्ने एन्टिजेन किट र भिटिएम लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री संघीय सांसद तुलाचनको जिम्मामा मुस्ताङ पठाईदै छ ।जिल्लामा अक्सिजन अभाव ,परीक्षण किट तथा नमूना स्वाब संकलन गर्ने भिटिएम र कोरोना रोकथाम लगायतका स्वास्थ्य सामाग्रीको अभाव हुदै गईरहेको अवस्थामा ति सामाग्री मुस्ताङ पठाउने तैयारी भईरहेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । माग अनुसार स्वास्थ्य सामाग्री उपलब्ध हुन नसकेपनि प्राप्त सामाग्रीले तत्कालका लागि जिल्लाका लागि केही राहत मिल्ने संघीय सांसद तुलाचनको भनाई छ ।
सरकारले हिमाली जिल्ला मुस्ताङका लागि ३ थान ईलेक्ट्रोनिक कन्सेटेटर अक्सिजन उपकरण , १ सय थान एन्टिजेन परीक्षण किट ,५ सय थान भिटिएम ,५ सय थान सेनेटाईजर ,५ सय थान सर्जिकल माक्स ,५० थान फेस सिल्ड र १० थान पीपीई उपलब्ध गराएको जनाईएको छ । प्राप्त स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिने संघीय सांसद तुलाचनले जानकारी दिए ।