मुस्ताङको घरपझोङमा कोरोना संक्रमितको सेवामा एम्बुलेन्स

- ७० वर्ष पुगेका कोरोना संक्रमित ज्येष्ठ नागरिक र गरिब तथा बिपन्न परिवार पहिचान भएका संक्रमित व्यक्तिलाई निशुल्क


जोमसोम—कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र ल्याउन सुविधाका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बिहिबार देखि एम्बुलेन्स सेवा प्रदान गरेको छ ।मुस्ताङको घरपझोङ गाउपालिका भित्र कोरोनाको दोश्रो लहर फैलिन थालेपछि गाउपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको बन्दोबस्त गरेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।
घरपझोङ गाउँपालिकाले सार्वजनिक भाडामा चल्ने बलेरो जिप एक महिनाका लागि ठेक्का लिएर कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पू¥याउन एम्बुलेन्स सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक थकालीले बताए ।पालिकाले ५ वटै वडाका कोरोना संक्रमणको लक्षण भएका बिरामीलाई अस्पतालसम्म पू¥याउन निशुल्क एम्बुलेन्स सेवा संञ्चालनमा ल्याएको हो । गाउपालिकाले संक्रमित बिरामीलाई सेवा प्रदान गर्न एक महिनाको १ लाख ६० हजार बुझाउने गरी सम्झौता गरेको जनाएको छ ।
घरपझोङले ७० वर्ष पुगेका कोरोना संक्रमित ज्येष्ठ नागरिक र गरिब तथा बिपन्न परिवार पहिचान भएका संक्रमित व्यक्तिलाई निशुल्क मुस्ताङबाट पोखरा लैजान व्यवस्था गरेको जनाएको छ ।तर अन्यको हकमा भने पालिकाले ईन्धन खर्च स्वरुप मुस्ताङबाट पोखरा लैजान १० हजार शुल्क तोकेको छ ।जिल्लाका अन्य पालिकाका संक्रमित बिरामीलाई एम्बुलेन्स सुविधा आवश्यकता परेको अवस्थामा जिल्ला अस्पतालले लिने एम्बुलेन्स शुल्कको ३० प्रतिशत छुट दिने गरी सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।
फोटो क्याप्सन ः भाडाको सवारीलाई एम्बुलेन्स बनाउदै गाउँपालिका । तस्विर ःसुन्दरकुमार थकाली