हिमाली जिल्ला मुस्ताङमा पुग्यो ३४ कोरोना संक्रमित


फरक भूगोल ÷ सीमित मात्र जनशक्ति रहेको हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय कोरोना संक्रमितको संख्या क्रमशः वृद्धि हुँदै जान थालेको छ । गत बैशाख १५ गते देखि कोभिड—१९ एन्टिजेन परीक्षण सुरु गरिएको मुस्ताङमा अहिले कुल ३४ जना सक्रिय कोरोना संक्रमित पुगेको छ ।
जिल्ला अस्तपाल जोमसोममा आज बिहिबार ४ जना कोरोना संक्रमित थपिए ।अस्पतालका कोभिड फोकल पर्सन केविन पौडेलका अनुसार घरपझोङ —४ मा ३ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा —१ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो । घरपझोङ—४ मा ५ वर्षिया बालिका , ४५ बर्षिया महिला र ६५ वषिय पुरुष छन् । यस्तै,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मा ३३ वर्षिय पुरुष छन् । वारागुङ मुक्तिक्षेत्र गापामा कोरोना पुष्टि भएको यो पहिलो हो । कोरोना भाईरसको दोश्रो लहर सुरु भएयता मुस्ताङमा कुल संक्रमित मध्ये ३३ जना घरपझोङ भित्रैका र १ जना वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ्न् ।
अस्पतालका कोभिड फोकल पर्सन पौडेलका अनुसार कोरोना संक्रमण पुष्टि भएका मध्ये ४ जना अस्पतालकै आईसोलनसमा बसेका छन् भने बाकी सबै होम आईसोलेसनमा रहेका छन् ।बुधबार मुस्ताङमा ६ जना व्यक्तिमा कोरोना पुष्टि भएको थियो । भौगोलिक बनाबट र यातायातको असहजताका साथै पीसीआर परीक्षणका लागि भिटिएम उपलब्ध आदी उपलब्ध हुन नसक्ने भएकाले एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गरिदै छ ।गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य निर्देशानालयले पर्याप्त किट पठाउन नसक्दा मुस्ताङमा सुस्त रुपमा कोरोना परीक्षण गरिने गरेको पाईएको छ ।प्रदेशले सीमित जनशक्ति भएको र कोरोनाको कम जोखिम रहेको भन्दै किट पठाउन कन्जुस्याई गरिरहेको छ ।
मुस्ताङका ५ वटै तहमा कोरोना लक्षण देखिएका बिरामीहरु बढेपनि पर्याप्त परीक्षण हुन नसकेको हो । कोरोनाको दोश्रो लहर देखिएपनि हालसम्म उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा कोरोना परीक्षणको पहँुच पुग्न नसकेको जनाईएको छ । यस्तै ,तल्लो मुस्ताङको थासाङमा समेत कोरोना परीक्षणको पहुँच पुग्न सकेको छैन ।
मुस्ताङ सदरमुकाम जोमसोम देखि एकसय किमी टाढा उपल्लो मुस्ताङमा परीक्षण किट अभाव ,जनशक्ति र उपकरणको अभावले कोरोना परीक्षण हुन नसकेको जनाईएको छ ।तर ,त्यहाँका दुई स्थानीय तहले संयुक्त रुपमा किट खरिद गरेर लक्षण देखिएका पालिकाबासीलाई कोरोना परीक्षण गर्ने तैयारी गरेको जनाईएको छ । यसअघि गत बिहिबार मुस्ताङमा ७२ वर्षिया बृद्धाको कोरोनाका कारण मृत्यु भएको थियो ।