मुस्ताङमा करेन्ट लागेर २ व्यक्ति घाईते,एकको अवस्था गम्भिर

- सांकेतिक फोटो


हिमाली जिल्ला मुस्ताङमा सोमबार करेन्ट लागेर २ जना व्यक्ति घाईते भएका छन् ।घाईते मध्ये एक अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ एक्लेभट्टी भन्ने स्थानमा बिद्युत पोलमा चढी हाईटेन्सन लाईनको तार तान्ने क्रममा अचानक करेन्ट लाग्दा बाग्लुङ जिल्ला जैमुनी नगरपालिका बस्ने वर्ष ३२ को मनबहादुर बहीक र निर्मल सापकोटा घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।उनका अनुसार करेन्ट लागेर घाईते भएका व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईएकोमा अस्पतालबाट रिफर गरी थप उपचारका लागि पोखरा पठाईएको छ ।
प्रहरीका अनुसार घाईते मध्ये एकजना गम्भिर रहेको र निजको टाउकोमा चोट र पेटमा करेन्टले जलेको अवस्था छ ।उक्त घाईते बोल्न नसक्ने अवस्था रहेको छ । यस्तै अर्का घाईतेको अवस्था बोल्न सक्ने र अवस्था मध्यम रहेको जनाईएको छ ।
स्थानीयका अनुसार बिद्युत तार बिस्तारको क्रममा लापरबाहीका कारण काम नसकिदै बिद्युत प्रवाह छोडिएकाले अचानक करेन्ट लागेर घटना भएको बताईएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताईएको छ ।