विद्यार्थी बलात्कार अरोपमा शिक्षक पक्राउ

आफैँले पढाउने विद्यालयकी छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलका मा शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् । उनको घर दोलखाको भीमेश्वर नगरपालिका–९ हो ।

उनलाई १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंको सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको हो । एसपी रमेश बस्नेतले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौं ल्याएर होटलमा राखेर बलात्कार गरेको अभियोगमा लामालाई पक्राउ गरिएको पुष्टि गरे ।