मुस्ताङ प्रशासनको नियमित सेवा बन्द

- मुस्ताङमा थपिए ३ जना कोरोना संक्रमित ःः

कोरोना जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार देखि यसअघि दिदै आईरहेको नियमित सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अतिआवश्यकीय सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्धारा जारी गरिएको सूचनामा कोभिड—१९ को बढ्दो संक्रmमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ ।कार्यालय कोभिड—१९ का कारण सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमायाचना प्रकट गरेको छ ।

यस्तै ,खानेपानी ,जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालय मुस्ताङ पनि भोली सोमबार देखि बन्द हुने भएको छ । सिचाई सवडिभिजन कार्यालयका केही २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै कार्यालयले दिदै आईरहेको सेवा अनिश्चितकालका लागि बन्द भएको जनार्ईएको छ ।


मुस्ताङमा थपिए ३ जना कोरोना संक्रमित ःः
हिमाली जिल्ला मुस्ताङमा आईतबार ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ।अस्पतालका कोभिड फोकल पर्सन केविन पौडेलका अनुसार आईतबार गरिएको ६ जना व्यक्तिको एन्टिजेन परीक्षण गर्दा ३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिनेमा २ जना पुरुष र १ महिला छन् । योसगै मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ भने एकजना महिलाको संक्रमणका कारण बिहिबार मृत्यु भईसकेको छ ।
मुस्ताङमा कोरोनाको दोश्रो लहर अघि ३ सय ६५ जना व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा ३३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि पोजेटिभ देखिएका सबै निको भईसकेका छन् ।