वित्तिय सूचना प्रणालीमा जोडिदै मुस्ताङ

- फोटो क्याप्सन ः कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङ । तस्विर ःसुन्दरकुमार थकाली

हिमाली जिल्ला मुस्ताङ अब वित्तिय सूचना प्रणालीमा जोडिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले महालेखा नियन्त्रण कार्यालयले निर्माण गरेको सफ्वेयरका माध्यमबाट जिल्लाका ५ वटै स्थानीय तह र सरकारी कार्यालयमा हुने बित्तिय अभिलेख सूचना प्रणालीमा सुरक्षित रहने जनाएको छ ।
यसअघि संघको महालेखा नियन्त्रण कार्यालय र जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा मात्र सीमित यसप्रकारको सूचना प्रणाली चालु आर्थिक वर्षबाट प्रदेश तथा जिल्लाका सबै सरकारी कार्यालयमा कार्यान्वयनमा आएको हो ।सूचना प्रणाली लागु भएसंगै कुनैपनि कार्यालयको आर्थिक कारोबार कोष तथा लेखा नियन्त्रण कार्यालय र महालेखा नियन्त्रण कार्यालयले तत्काल वास्तबिक आर्थिक कारोबार हेन सक्ने मुस्ताङका कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।उनका अनुसार संम्वन्धि कार्यालयले अपलोड गरेको विवरण संम्वन्धित मन्त्रालय र विभागले तुरुन्तै जानकारी लिन सक्नेछन् ।
सरकारले आर्थिक अनुशासन ,पारदर्शिता र वित्तिय उत्तरदायित्वमा जोड दिने उद्देश्यले वित्तिय सूचना प्रणालीको अवधारण ल्याएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ ।जसको माध्यमबाट स्थानीय तहका आर्थिक गतिविधि र सरकारी कार्यालयहरुका आर्थिक गतिविधि कोष तथा लेखा नियन्त्रण कार्यालय सफ्वेयर ओपन गरी जानकारी लिन सक्नेछ ।
महालेखा नियन्त्रण कार्यालयले वित्तिय व्यवस्थापनका लागि ६ वटा कम्प्यूटर सफ्वेयर प्रणाली संञ्चालनमा ल्याएको हो ।वित्तिय पारदर्शीता कायम राख्न मन्त्रालयगत सूचना प्रणाली ,एकल कोष खाता प्रणाली,सरकारी खर्च लेखाङ्कन प्रणाली ,राजश्व व्यवस्थापन सूचना प्रणाली ,सार्वजनिक जिन्सी व्यवस्थापन प्रणाली र स्थानीय तह संचितकोष व्यवस्थापन प्रणाली छन् ।
जसअन्र्तगत कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले मुस्ताङका स्थानीय तह र सरकारी कार्यालयहरुको सार्वजनिक जिन्सी प्रणालीको अभिलेख राख्न सुरु गरिसकेको छ । कोष तथा लेख नियन्त्रक कार्यालय मुस्ताङले जिल्लाका अधिकांश कार्यालयहरु र स्थानीय तहको जिन्सी अभिलेख राख्न सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार घरजग्गा , सवारी साधन र मुल्य नखुलेका जिन्सी सामानहरुको मुल्य खुलाएर सूचना प्रणालीमा दर्ता गर्ने काम भईरहेको जनाएको छ ।
सूचना प्रणालीबाट स्थानीय तहको बजेट तर्जुमा ,बजेट स्वीकृति र खर्च समेत सफ्वेयरबाट बुझ्न सकिने भएको हो ।सूचना प्रणालीबाट स्थानीय तहको संम्पूर्ण वित्तिय कारोबार प्राप्त गर्न सकिन्छ ।
यस्तै ,सूचना प्रणाली सफ्वेयरबाट राजश्व व्यवस्थापनमा बैंक र कार्यालय राजश्व संकलनमा योगदान पू¥याउने बताईएको छ ।कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल बृजकिशोर चौरसियाका अनुसार वित्तिय सूचना प्रणालीबाट स्थानीय तह र कार्यालयमा हुने नगद राजश्व सफ्वेयरबाटै आम्दानी भौचर काटेर सेवाग्राहीलाई दिने मिल्ने सुविधा उपलब्ध गरिएको छ । यसले बैंक र कार्यालयको कोडसंग लिंक गरिएकाले संम्पूर्ण राजश्वसंग संम्वन्धित प्रतिबेदन अनलाईनमै देख्न सकिने भएको लेखापाल चौरासियाले बताए ।उनका अनुसार बैंकले दैनिक संकलन गरेका राजश्वको आधारमा कोलेनिकाले दैनिक राजश्वको विवरण यस प्रमाणीबाट प्राप्त गरी एकल कोष खाता प्रणालीमा अपलोड गर्छ । कोलेनिकाले दर्ज गरेको एकल कोष मार्फत केन्द्रिय कोषमा राजश्व जम्मा हुने हुदा यसलाई वास्तबिक आर्थिक कारोबार भनिएको लेखापाल चौरासियाले जानकारी दिए ।

फोटो क्याप्सन ः कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङ । तस्विर ःसुन्दरकुमार थकाली