भुकम्पले जीर्ण ज्वालामाई पूननिर्माण सुरु

२०७२ सालको विनाशकारी महाभुकम्पको क्षतिग्रष्त जीर्ण ज्वालामाई गुम्बाको पूननिर्माण सुरु भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगत पुरातत्व विभागको १ करोड बजेटबाट चालु आर्थिक वर्षको नया वर्षदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित मुक्तिक्षेत्र ज्वालामाई गुम्बा पुननिर्माण हुन लागेको हो ।
मुक्तिनाथक्षेत्रमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वले भरिएको ज्वालामाई गुम्बा पूननिर्माणका लागि पुरातत्व विभागले आर्थिक वर्ष २०७६÷०७७ मा बजेट बिनियोजन गरेको थियो । तर विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण जोखिमका कारण पूननिर्माणको काम अघि बढ्न सकेको थिएन ।क्षतिग्रष्त ज्वालामाई गुम्बा ७ वर्षपछि साविकै ढाँचामा पूननिर्माण सुरु गरिएको जनाईएको छ ।
मुक्तिक्षेत्रको ज्वालामाई गुम्बा कोरोना भाईरसको जोखिम बिस्तारै कम हुन थालेपछि पूननिर्माणको काम सुरु गरिएको हो । झन्डै ४५ वर्ष पुरानो उक्त ज्वालामाई गुम्बा पुननिर्माणको जिम्मा मुक्तिनाथ विकास समिति अन्र्तगत स्थानीय मुक्तिनाथ संरक्षण समितिले लिएको अध्यक्ष वाङ्गेल लामाले जानकारी दिए । उनका अनुसार भुकम्पले क्षतिग्रष्त ज्वालामाई गुम्बाको पुरानो संरचना भत्काउने काम र गुम्बाको डीपीसी जग खन्ने काम भईरहेको छ ।
यस्तै गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिबाट २० लाख र प्रदेश सग्रालयबाट २० लाख गरी थप ४० लाख बजेट प्राप्त भएको स्थानीय मुक्तिनाथ संरक्षण समितिका उपाध्यक्ष झुमी ठकुरीले जानकारी दिए । उपाध्यक्ष ठकुरीका अनुसार ११ फिट उचाईमा बन्ने नया ज्वालामाई गुम्बाको लम्बाई ३० मिटर र चौडाई २५ मिटरको हुनेछ ।
मुक्तिक्षेत्रमा अवस्थित ज्वालामाई गुम्बा पुननिर्माणको काम सुरु भएपछि हिउदयामसंगै तिर्थालुको आमगनले पूननिर्माणको काममा बाधा पुगेको स्थानीय संरक्षण समितिले जनाएको छ ।मुक्तिनाथ दर्शन गर्न पुगेका तिर्थालुहरु ज्वालामाईको दर्शन तथा अवलोकन गर्न जाने भएकाले पूननिर्माणमा बाधा पुगेको हो ।समितिका उपाध्यक्ष झमी ठकुरी भन्छन् ‘ पूननिर्माणको काम समितिले सुरु गरेको छौं ,यसलाई छिटोभन्दा छिटो संम्पन्न गर्ने योजनामा छौं ।तर ,ज्वालामाई हेर्ने तिर्थालुको घुईचो बढेकाले केही असहज बनेको छ ।’
मुक्तिक्षेत्र गुम्बाको साविकको सबै भौतिक संरचना भत्काईएको छ ।तीन वटा ज्वलामाई (दिपप्रज्वलित )स्थान र ज्वालामाई भित्र रहेका बुद्धका मुर्तीहरुलाई जस्ताको पाताले बार लगाएर अस्थायी संरचना निर्माण गरिएको छ । मुक्तिक्षेत्रको ज्वालामाई गुम्बाभित्र २० सै घण्टा तीन ठाउमा दिपप्रज्वलन भईरहेको देख्न सकिन्छ ।
यस्तै ,भौतिक पूर्वाधार मन्त्रालयले बिनियोृजन गरेको १ करोड बजेट मार्फत मुक्तिनाथको तल्लो गेट देखि उपल्लो गेटसम्म रेलिङसहितको सिढी बाटो निर्माणको काम समेत सुरु भएको छ ।
पुरातत्व विभागले मुक्तिनाथक्षेत्रको ज्वालामाई गुम्बा पुननिर्माणसहित उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक महत्वकोल छोर्तेन पुननिर्माण र थासाङ गाउपालिकाको कोवाङमा पुरानो गुम्बा पुननिर्माणका लागि ४० लाख बजेट बिनियोजन गरेको छ ।

फोटो क्याप्सन ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित ज्वालामाई गुम्बा पुननिर्माण सुरु । तस्विर ःफुलकुमारी नेपाली।