मुस्ताङमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हँुदै जान थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।
जिल्ला अस्पताल जोमसोमका कोभिड—१९ फोकल पर्सन डा. केविन पौडेलका अनुसार बुधबारसम्म कोभिड पोजेटिभको सँख्या ३० पुगेको छ । जिल्ला अस्पतालको नियमित कोरोना एन्टिजेन परीक्षण गर्दा ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मुस्ताङको घरपझोङमा ३ जना र घरपझोङ २ मा १ जना व्यक्तिमा कोरोना देखिएको हो । आज कोरोना पुष्टि हुनेमा घरपझोङ—४ मा ५ वर्ष बालक र ४० वर्षिय पुरुष र घरपझोङ—२ मा ५१ वर्षिय पुरुष छन् । मंगलबार ६ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोनाको दोश्रो लहरसंगै पछिल्लो १० दिनको फेरोमा मुस्ताङमा हालसम्म पुरुष १४ जना र महिला १६ जना व्यक्तिमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसअघि गत बिहिबार मुस्ताङमा ७२ वर्षिया बृद्धाको कोरोनाका कारण मृत्यु भएको थियो । मुस्ताङमा कोरोना पोजेटिभ देखिनेमा अधिकाश घरपझोङ गाउपालिका भित्रका बासिन्दा छन् भने २ जना कर्मचारीमा पनि कोरोना देखिएको छ । कोरोना पुष्टि भएका अधिकांश व्यक्ति होम आईसोलेसनमा छन् भने केही अस्पतालकै आईसोलेसन छन् ।