मन्त्रालयको गाडीभित्र मध्यराति यौन लीला

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् ।

प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको गाडीबाट बुधबार राति ११ बजे उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २ पुरुष र १ महिला छन् ।

गस्तीमा गएको प्रहरीले राति सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिएको गाडीबाट उनीहरुलाई निर्वस्त्र अवस्थामा नियन्त्रणमा लिएको हो ।