पत्रकार विनोद धौलागिरी सम्मानित

पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाइ पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले धौलागिरीलाई शुुक्रबार सम्मानित गरेको हो ।

खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाइ प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका धौलागिरीकी छोरी आकांक्षा शर्माले काठमाडौंमा सम्मान ग्रहण गरेकी छन् ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद ५ हजारसहित सम्मान पत्र शर्मालाई गरे । उनले ५० को दशकदेखि पत्रकारिता सुरु गरेका थिए ।

हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाइसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अध्यक्ष अयालको भनाइ छ ।