साहित्यकार प्रकट पगेनी अस्पताल भर्ना, अवस्था गम्भीर

साहित्यकार प्रकट पगेनी ‘शिव’को पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकाबाट भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

रुपा गाउँपालिका वडा नम्बर ५, देउराली घर भएका शिवका गीत र गजलका कृति प्रकाशित छन् । साहित्यकार तीर्थ श्रेष्ठले पगेनीको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए ।

पगेनीको फोक्सो र मिर्गाैलामा समस्या रहेको र अक्सिजन लेभल निकै कम रहेको जनाइएको छ । पगेनी पूर्वअध्यक्ष रहेको पोखरेली युवा सांस्कृतिक परिवारले पगेनीको उपचारका लागि सहयोग गर्न अपिल गरेको छ । परिवारले २५ हजार रुपैयाँ सहयोग कोषमा राखी मनकारीहरुसँग सहयोगको अपील गरेको हो ।