माछापुच्छ्रेको करुवामा सेतीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ करुवाका २५ वर्षीय जगत पुनको शब सोमबार दिउँसो फेला परेको छ ।

शनिबार दिउँसो साढे २ बजेतिर घरबाट निस्किएका पुनको शव सोमबार घरभन्दा करिब तीन सय मिटर तल सेती नदीमा भेटिएको हो । घरभन्दा तल पुनले लगाएका चप्पल र कालो झोला फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले स्थानीय र आफन्तको समेत सहयोगमा खोजी गरेको थियो ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले उद्धार टोलीले सोमबार दिउँसो सवा दुई बजेतिर सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला पारेको जानकारी दिए । शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।