क्यान्सर रोग प्रभावितहरुलाई निःशुल्क यातायात सेवा शुभारम्भ

पृथ्वीजयन्ती राष्ट्रिय एकता दिवस एवं विश्व क्यान्सर दिवस फेब्रअरी ४ को पूर्व सन्ध्यामा नेपाल अर्बुदरोग निवारण संस्था कास्की शाखा र नेपला एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस गण्डकी प्रदेश (नाटा) ले क्यान्सर रोगबाट प्रभावित बिरामी र निजको उपचारमा संलग्न सहयोगी व्यक्तिलाई पोखरा देखि काठमाडौं तथा पोखरा देखि भरतपूर चितवनसम्म जाने आउने दुवै तर्फको यातायात निःशुल्क हुने गरी बस सेवा शुभारम्भ गरिने भएको छ ।

नेपाल अर्बुद रोग निवाण संस्था कास्कीका सभापति प्रेम बहादुर भुजेल र नाटा गण्डकी प्रदेशका अध्यक्ष सन्जय कान्त सिग्देलले उक्त यातायात सेवा निःशुल्क शुभारम्भ गर्ने गरि संस्थाको कार्यालय महेन्द्रपुलमा एक कार्यक्रम बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था कास्कीका तर्फबाट सभापति लगायत संस्थाका सल्लाहकार रामप्रसाद बास्ताकोटी, निवर्तमान सभापति रामचन्द्र थापा, उप–सभापति नारायण पराजुली, सचिव डिल्ली प्रसाद शर्मा, कोषाध्यष रघुनाथ अधिकारी उपस्थित भएका थिए । त्यसैगरी नाटा गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष लगायत प्रथम उपाध्यक्ष हरिराम अधिकारी, सह–कोषाध्यक्ष एवं यातायात संयोजक नवराज भण्डारीको समेत उपस्थिती थियो ।

विश्व क्यान्सर दिवसको अवसरमा विविध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने र भावीदिनहरुमा नाटासँगको सहकार्यमा समेत समुदायस्तरमा क्यान्सर सचेतना एवं उपचारसँग सम्बन्धीत विविध कार्यक्रमहरु नियमित गरिने कार्यक्रम रहेको संस्थाका सचिव डिल्ली प्रसाद शर्माले बताएका छन् ।