स्वास्थ्य

काठमाडौं उपत्यकामा यातायात बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । गाडी बन्द वैशाख १६ गते मध्यरातदेखि हुनेछ । काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक र निजी सवारी बन्द गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । पुरा पढौ

कोभिडका बिमारीले भरियो जोमसोम अस्पताल

मुस्ताङको जोमसोममा कोभिड—१९ लक्षण भएका बिमारीको चाप बढेको अस्पताल श्रोतले जनाएको छ ।अस्पतालमा दिनहु कोभिड—१९ लक्षण भएका बिरामीको संख्या बढेसंगै आईतबारअस्पतालले एक प्रेष बिज्ञप्ती जारी गर्दै अस्पतालमा भर्ना हुन आउने व्यक्ति तथा सेवाग्राहीलाई अनिवार्य माक्स प्रयोग र अनिवार्य भौतिक दुरी कायम गरी सेवा लिन आउन आग्रह गरेको छ ।जिल्ला अस्पताल जोमसोममा पीसीसीआर परीक्षणको सुविधा नभएको र लक्षण भएका बिरामीलाई कोभिड—१९ एन्टीजेन परीक्षण गर्ने गरिएको छ । शरिरमा कोरोना भाईरस भए… पुरा पढौ

कोरोनाबाट वडाध्यक्षकी पत्नीको मृत्युपछि गाउँपालिका लकडाउन

दाङको बबई गाउँपालिका-४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो। बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। कोरोना संक्रमणले ग्रसित उनको उपचारकै क्रममा मृत्यु भएको अध्यक्ष पौडेलले जानकारी दिए। गाउँपालिका लकडाउनयसैबीच संक्रमण तीव्र बनेपछि सोमबार बिहानदेखि बबई गाउँपालिका क्षेत्रमा… पुरा पढौ

हस्पिटलचोकमा युआरएलको शाखा

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो । पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय… पुरा पढौ

युआरएलमा टेक्रोलिमस जाँच

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आइतबारबाट राजधानीबाहिर पहिलोपटक युआरएलमा टेक्रोलिमस जाँच सुरु गरेको छ । पोखराको न्युरोडमा रहेको प्रधान कार्यालयमा आयोजित समारोहमा अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस अंग प्रत्यारोपण गरेकाहरुले खाने औषधीको नाम हो । बेला बेलामा यो औषधीको रगतमा भएको मात्रा जाँच गरी चिकित्सकले औषधी निर्धारण गर्छन् । यही जाँचका लागि राजधानी पुग्नुपर्ने वा… पुरा पढौ

माछापुच्छे गाउँपालिका ६ दिन बन्द

कास्कीको माछापुच्छ«े गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको १ सहकारीका सदस्य सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा ३ जनामा संक्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११… पुरा पढौ

माझठानामा शिविर, ३२५ को सित्तैमा जाँच

पोखरा २८ माझठानामा निशुल्क शिविर भएको छ । बिहानी बचत तथा ऋण सहकारीले ग्यालेक्सी हस्पिटल पोखरा १० को प्राविधिक सहयोगमा शनिबार शिविरमा ३ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरका लागि पोखरा महानगरपालिका वडा नंं २८ र रत्न शोभा माध्यमिक विद्यालयले विशेष सहयोग गरेका थिए । शिविरमा प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, बाल तथा नवजात शिशु, मनोरोग, नाक, कान घाँटी, जनरल फिजिसियन लगायतका समस्याको चिकित्सकहरुले निदान गरेका थिए ।… पुरा पढौ

वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो । वालिङ, गल्याङ, भिरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ । पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने… पुरा पढौ

मुस्ताङमा ३११ ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

हिमाली जिल्ला मुस्ताङमा आईतबार ३११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाउने अभियान अन्र्तगत मुस्ताङको घरपझोङ र थासाङ गाउपालिकामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।सरकारले दोश्रो चरणको खोप अभियान अन्र्तगत खोप अभावले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउने बताएपनि मुस्ताङमा खोप मौजाद रहने भएकाले ५५ वर्ष उमेर माथिकालाई पनि खोप अभियानमा सामेल गराएको… पुरा पढौ

डेन्टल साइन्स हाइजेनिस्टको साधारणसभा

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशको प्रथम साधारणसभा शनिबार भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. भवानी शंकर पौडेलले डेन्टल हाइजेनिस्टहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले समय र नीतिमा आएको परिवर्तनसँगै संस्था र पेशालाई परिमार्जन र उचित नीति बनाउन संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संस्थाका कानुनी सल्लाहकार यामनाथ पौडेलले संस्था सञ्चालन गर्न योजना, लक्ष्य र कार्ययोजना चाहिने बताए । उनले मानिसको जीवनशैलीका कारण डेन्टल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं