स्वास्थ्य

वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो । वालिङ, गल्याङ, भिरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ । पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने… पुरा पढौ

मुस्ताङमा ३११ ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

हिमाली जिल्ला मुस्ताङमा आईतबार ३११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाउने अभियान अन्र्तगत मुस्ताङको घरपझोङ र थासाङ गाउपालिकामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।सरकारले दोश्रो चरणको खोप अभियान अन्र्तगत खोप अभावले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउने बताएपनि मुस्ताङमा खोप मौजाद रहने भएकाले ५५ वर्ष उमेर माथिकालाई पनि खोप अभियानमा सामेल गराएको… पुरा पढौ

डेन्टल साइन्स हाइजेनिस्टको साधारणसभा

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशको प्रथम साधारणसभा शनिबार भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. भवानी शंकर पौडेलले डेन्टल हाइजेनिस्टहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले समय र नीतिमा आएको परिवर्तनसँगै संस्था र पेशालाई परिमार्जन र उचित नीति बनाउन संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संस्थाका कानुनी सल्लाहकार यामनाथ पौडेलले संस्था सञ्चालन गर्न योजना, लक्ष्य र कार्ययोजना चाहिने बताए । उनले मानिसको जीवनशैलीका कारण डेन्टल… पुरा पढौ

मुस्ताङ अस्पतालमा विपत् उद्दार तथा व्यवस्थापन डिमो

जोमसोम—मुस्ताङ जिल्ला अस्पतालले शनिबार पहिलो पटक विपत् उद्दार तथा व्यवस्थापन डिमो प्रर्दशन गरेको छ । जिल्ला अस्पतालको संयोजन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अस्पतालले विपत् डिमो शो देखाएको अस्पतालले जनाएको छ । धर्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संम्भावित विपत्का विभिन्न घटनाहरु घट्ने गरेपनि जिल्ला अस्पताल जोमसोमले भने मुस्ताङमा भई परिआउने संम्भावित सवारी दुर्घटना र घाईतेहरुलाई कसरी उपचारमा सहयोग गर्ने भन्नेबारे नाटकीय डिमो शो देखाईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

पोखरा नर्सिङ क्याम्पस ३९ वर्षमा

पोखरा नर्सिङ क्याम्पस पोखराले ३८ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यार्थी मुखपत्र र क्याम्पसको प्रोस्पेक्टस लोकर्पण गरियो । क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले क्याम्पसको समृद्धि र विकास तथा क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजानका लागि सबैको सहकार्यबाट सम्भव हुने बताइन् । २०३९ सालमा ४० विद्यार्थीबाट सुरु भएको यो क्याम्पसमा अहिले प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्यापन हुन्छ । समारोहमा उपप्राध्यापक कमला घर्ती र आर्थिक उपनियन्त्रक पुष्पराज पौड्यालनगदसहित सम्मानित भए ।कार्यक्रममा क्याम्पसका बिभिन्न… पुरा पढौ

उपकुलपति प्राडा थापाको बिदाइ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको कार्यकाल सकिएको छ । ४ वर्षे कार्यकाल पूरा गरेका थापालाई प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी बिदाइ गरेको हो । उपकुलपति थापाले अनुसन्धान र अध्यापन दुवै क्षेत्रमा काम भएकाले आफ्नो कार्यक्रम सफल भएको बताए । उनले भने, ‘केही पूर्वाधार नभएको अवस्थामा आएर अनुसन्धान र पढाइ दुवै सुरु गर्न सफल भएका छौं । म मेरो कार्यकाललाई सफल मान्छु ।’ सरकारले सोमबारै पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

प्राडा बुद्धिलाई तनहुँ रत्न पुरस्कार

तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको छ । तनहुँ सम्पर्क समाज पोखराको १९ औं स्थापना दिवसको अवसरमा बिहीबार थापालाई ताम्रपत्र, नगद १० हजार र दोसल्लासहित सम्मान गरिएको हो । समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भीम रानाभाट रहेको पुरस्कार छनौट समितिले थापालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । उपकुलपति थापाले समाजको सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए… पुरा पढौ

प्राडा बुद्धिलाई तनहुँ रत्न सम्मान

तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने भएका छन् । तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि १० हजार रुपैयाँ र ताम्रपत्र रहेको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए । समाजको स्थापना भएको दिन फागुन १३ गते पुरस्कार प्रदान गरिने उनले बताए । तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख… पुरा पढौ

युआरएल बेसीसहरमा सुगर, बाथ र युरिक एसिड जाँच निशुल्क

हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिना भर मधुमेह (सुगर), वाथसम्बन्धी रक्त जाँच (CRP, RA Factor ESR) र युरिक एसिडसम्बन्धी रक्त परिक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । साथै, थाइराइड, होलबडी लगायत अन्य सबै रोग रक्त परीक्षणमा ३० प्रतिशत छुट दिइएको उनले बताए ।… पुरा पढौ

मुस्ताङमा कोभिड भ्याक्सिन लगाउनेको संख्या ५२३ पुग्यो

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड —१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।जसमा पुरुष ४१४ र महिलाको संख्या १०९ महिला छन् ।आईतबार २१ ज्ना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ बिरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती८७ दशमल.७५ प्रतिशत रहेको छ ।स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी ,स्थानीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं