उपकुलपति प्राडा थापाको बिदाइ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको कार्यकाल सकिएको छ । ४ वर्षे कार्यकाल पूरा गरेका थापालाई प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी बिदाइ गरेको हो ।

उपकुलपति थापाले अनुसन्धान र अध्यापन दुवै क्षेत्रमा काम भएकाले आफ्नो कार्यक्रम सफल भएको बताए । उनले भने, ‘केही पूर्वाधार नभएको अवस्थामा आएर अनुसन्धान र पढाइ दुवै सुरु गर्न सफल भएका छौं । म मेरो कार्यकाललाई सफल मान्छु ।’

सरकारले सोमबारै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यबहाक उपकुलपति नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै कार्यबहाक उपकुलपतिमा प्रतिष्ठानका डिन डा नरेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका हुन् ।