स्वास्थ्य

कोभिड १९ बाट जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि तेजु भण्डारीको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ… पुरा पढौ

मुस्ताङ प्रशासनको नियमित सेवा बन्द

कोरोना जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार देखि यसअघि दिदै आईरहेको नियमित सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अतिआवश्यकीय सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्धारा जारी गरिएको सूचनामा कोभिड—१९ को बढ्दो संक्रmमण… पुरा पढौ

मनाङमा पनि भेटिए कोरोना संक्रमित

मनाङमा २ कोरोना संक्रति भेटिएका छन् । चामे गाउँपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत २ कर्मचारीमा कोभिड १९ पुष्टि भएको हो । उनीहरु बिरामी भई अस्पताल जाँदा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर प्रतिभा गौलीले जानकारी दिइन् । जनस्वस्थ्य कार्यलय चामे मनाङका अनुसार पहिलो चरणको कोरोनापछि दोस्रो चरणको पहिलो संक्रमण फेला परेको हो । जिल्लामा हाल ५ बेडको आइसोलेसन बेड निर्माण गरीएको छ भने अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डर… पुरा पढौ

गायक प्रकाश सपुत होम आइसोलेसनमा

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। उनले फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्। आफू कोरोना पोजिटिभ भएको भन्दै उनले प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई पीसीआर टेस्ट गर्नआग्रह गरेका छन्। ‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने,… पुरा पढौ

५७ सय संक्रमित, ३३ को मृत्यु

नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये महिला २ हजार ४ सय २ जना र पुरुष ३२ सय ५५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४ सय ४ जना, भक्तपुर १ सय ३३ जना, ललितपुरमा ४ सय… पुरा पढौ

१ वृद्धाको मृत्यु भएपछि मुस्ताङमा कडाइ

कोभिड १९ संक्रमणबाट एक जनाको मृत्यु भएपछि मुस्ताङ प्रशासनले निषेधाज्ञामा कडाई गरेको छ । अब जिल्ला भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नआउन भनिएको छ । मुस्ताङमा बिहीबार राति ७२ वर्षीया ती संक्रिमितको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मुस्ताङ आउने पर्यटकलाई होटल क्वारेन्टिन बसेको प्रमाणपत्र पेश गर्न अनिवार्य गरिएको छ । थासाङ ४ घासाको प्रहरी चौकीमा जाँच गरिनेछ । मुस्ताङीलाई जिल्ला फर्किदा… पुरा पढौ

सरकारले भन्यो– अस्पतालमा बेड नहुन सक्छ, सचेत बनौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना डरलाग्दो गरी बढिरहेको जनाएको छ । मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध नहुने जनाएको हो । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलिने दर डरलाग्दो छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई संवेदनशील हुन अनुरोध गरेका छन् ।… पुरा पढौ

पिसिआर पोजिटिभ आए के गर्ने ?

यस पटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ | तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला | संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला |… पुरा पढौ

पिसिआर पोजिटिभ आए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

.यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ | तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला | संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | सहेर… पुरा पढौ

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै मुस्ताङका ३ तहमा धमाधम परीक्षा संञ्चालन

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै हिमाली जिल्ला मुस्ताङका ३ तहमा धमाधम वार्षिक परीक्षा संञ्चालन भईरहेको पाईएको छ ।सोमबार नेपाल सरकारद्धारा गठित उच्चस्तरीय सीसीएमसी निर्देशक समितिको बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थिती हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि मुस्ताङका विद्यालयले त्यसलाई अटेर गरी परीक्षा संञ्चालन गरेको पाईएको हो ।५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङको थासाङमा गत बैशाख ९ गते ,घरपझोङमा १० गते र वारागुङमुक्ति क्षेत्र गाउपालिकामा बैशाख १२… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं