१ वृद्धाको मृत्यु भएपछि मुस्ताङमा कडाइ

कोभिड १९ संक्रमणबाट एक जनाको मृत्यु भएपछि मुस्ताङ प्रशासनले निषेधाज्ञामा कडाई गरेको छ । अब जिल्ला भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नआउन भनिएको छ ।

मुस्ताङमा बिहीबार राति ७२ वर्षीया ती संक्रिमितको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मुस्ताङ आउने पर्यटकलाई होटल क्वारेन्टिन बसेको प्रमाणपत्र पेश गर्न अनिवार्य गरिएको छ ।

थासाङ ४ घासाको प्रहरी चौकीमा जाँच गरिनेछ । मुस्ताङीलाई जिल्ला फर्किदा होम क्वारेन्टिन बस्ने प्रतिवद्धता र सुनिश्चितता खोजिने सिडिओ हिरादेवी पौडेलले जानकारी दिइन् ।