५७ सय संक्रमित, ३३ को मृत्यु

नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये महिला २ हजार ४ सय २ जना र पुरुष ३२ सय ५५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४ सय ४ जना, भक्तपुर १ सय ३३ जना, ललितपुरमा ४ सय १९ जना गरेर काठमाडौँ उपत्यकामा २ हजार ९ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा रिपोर्ट भएका मृतकको संख्या ३३ जना रहेको मन्त्रालयको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा भने २८ जना संक्रमितको मृत्यु भएको छ ।