स्वास्थ्य

भिजनरी रणनीति नभए ठूला सहरमा कोरोना अनियन्त्रित

१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् | भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ | २. काठमाडौंका सडकमा ट्राफिक जाम छ | जोरबिजोरमा कुनै कडाइ छैन |३. बजारमा कोरोनापूर्वको अवस्था छ | भीडभाड छ | भौतिक दुरी कसैले पनि पालना गरेका… पुरा पढौ

कोभिड १९ को नयाँ औषधिबारे

नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ | यो औषधि नेपाल, भारत लगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो | यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको… पुरा पढौ

पोखरामा ९० वर्षका वृद्धलाई कोरोना संक्रमण

पोखरा महानगरपालिकाको पश्चिमान्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भएका संक्रमित ९० का पुरुष हुन् । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेको बर्ष १२ र ४६ का २ पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको… पुरा पढौ

पश्चिमाञ्चल स्वास्थ्य सहकारीको रक्तदानमा ५० युनिट रगत संकलन

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए । सहकारी… पुरा पढौ

क्वारेनटाइन लैजाँदा भिरबाट हाम फाल्नेको रिपोर्ट नेगेटिभ

क्वारेनटाइनमा राख्न लैजादा बाटोमै भिरबाट हाम फालेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो । नेपालीले सोमबार बिहान पर्वतको कुस्मा नगरपालिका ८ चुवा स्थित पोखरा बागलुङ सडकमा गाडीबाट हाम फालेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । पुरा पढौ

पोखरामा १ नयाँ संक्रमित फेला, गण्डकीमा १८ थपिए

गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । यहाँ मंगलबार १८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएको जनाएको छ । गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी २, कास्की १ र बागलुङमा १ नयाँ संक्रमित फेला परेका हुन् । गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला बाहेक अरु सबै पुरुष छन् । कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुषमा पनि कोरोना… पुरा पढौ

सरुवा रोग अस्पताल बनाउन ५ करोड, ३ वर्षभित्र सबैको स्वास्थ्य बिमा

गण्डकी सरकारले प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । सोमबार प्रदेशको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न ५ करोड बजेट विनियोजन गरेको जनाए । प्रदेशमा मुटु, मृगौला, क्यान्सर र मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमका लागि यस वर्ष २ करोड बजेट छ । नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि… पुरा पढौ

थपिए ६ संक्रमित, करिब साढे २ हजार स्वाबको नतिजा आउन बाँकी

गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्वं) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ। हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का… पुरा पढौ

प्राइभेट ल्याबले सरकारले उपलब्ध गराएका नमूनामात्रै जाँच्न पाउने

सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेपछि यसको शुल्क पनि तोकेको छ । उनीहरुले सरकारले उपलब्ध गराएका नमूनामात्रै परीक्षण गर्न पाउने छन् भने एक नमूना परीक्षणको ५ हजार ५ सय शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिने जनाएका थिए । उनले भने, ‘यसको लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ।’ परीक्षण दायरा… पुरा पढौ

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको सर्जरी वार्ड सिल

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ। वार्डलाई डिसइन्फेक्ट गर्न एक दिनका लागि सिल गरिएको अस्पतालले जनाएको छ । १० दिनअघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित २५ जनालाई होम क्वारेन्टाइनमा छन् । संक्रमितको अवस्था भने सामान्य छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं