स्वास्थ्य

राष्ट्रसंघका ८६ कर्मचारी संक्रमित

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारी पनि भएका हुन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिने छन् । अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् । बिरामी भएकामध्ये अधिकाँश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै… पुरा पढौ

लकडाउनमा के गर्ने, के नगर्ने ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट हालसम्म करिब ६ लाख व्यक्ति संक्रमित भइसकेको र साढे २७ हजारको मृत्यु भैसकेको व्यहोरा सर्वविदितै छ । विश्वका करिब १८९ देशमा फैलिएको यस भाइरस बाट नेपाल बच्ने कुरै भएन । हालसम्म नेपालमा समेत सो भाइरसको संक्रमण ४ जना व्यक्तिमा देखिएकोमा १ जना निको भइसकेको र अन्य ३ जना व्यक्ति उपचार गराइरहेको व्यहोरा नेपालमा सञ्चालित विभिन्न टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको प्रमुख समाचारको रुपमा दिनहु प्रकाशन… पुरा पढौ

अस्ट्रेलियामा ५ नेपाली विद्यार्थीलाई कोरोना

अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली छात्रालाई कोभिड १९ संक्रमण भएको छ । अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरु चारै जना एकै कोठामा बस्थे । सुरुमा १ जनामा संक्रमण देखिएपछि जाँचका क्रम उनीहरुमा संक्रमण फेला परेको हो । नेपाली दुतावासका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत कोरोना देखिएको छ । पुरा पढौ

मुस्ताङमा कोरोना कमाण्ड पोष्ट गठन

मुस्ताङमा (कोभिड–१९) कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकार्यलाई थप तिब्रता दिलाउन जिल्ला स्तरीय कोरोना कमाण्ड पोष्ट गठन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेका विभिन्न सरोकारवाला निकायको बैठकले हाल विश्वप्यापी फैलिएको कोरोना रोकथाम ,नियन्त्रण र यसको उचित व्यवस्थापन गर्न जिल्ला स्तरीय कमाण्ड पोष्ट गठन भएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रतिकार्यका लागि कमाण्ड पोष्ट गरेको हो । कमाण्ड पोष्टको सदस्यमा जिल्ला सुरक्षा समितिका… पुरा पढौ

मुस्ताङको लेतेमा अलपत्र पर्यटकलाई सांसदले दिए बस्न फ्री

नोवल कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण मुस्ताङको लेतेमा अलपत्र परेका केही पर्यटकलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बस्न फ्रीको सहुलियत दिएका छन् । राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै बुधबार मुस्ताङको लेते पुगेका पर्यटक पथप्रर्दशकसहित १५ जना पर्यटकलाई अर्को व्यवस्था नभएसम्म बस्न फ्री उपलब्ध गराएको लजका प्रोपाईटर अमित तुलाचनले जानकारी दिए । मुस्ताङको थासाङ–४ लेते स्थित सियु लजमा अलपत्र परेका जर्मनका ६ जना , मेस्सिकोका १… पुरा पढौ

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

नेपालमा कोरोना भाइरसका चौथो संक्रमित भेटिएका छन्। ती संक्रमित ३४ वर्षका पुरुष हुन् । उनको अवस्था सामान्य रहेको र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुरा पढौ

साना कुरा जसले कोरोना संक्रमण रोक्न सक्छन

हातमा औंठी तथा घडी नलगाऔं | साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन | नंग नपालौं | बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ | सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं | पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं | दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई… पुरा पढौ

लण्डनमा कोरोना संक्रमणबाट चितवनका अर्यालको मृत्यु

कोरोना भाइरस संक्रमणबाट लण्डनमा अर्का एक जना नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान निधन भएका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टी गरेको हो । लण्डनमै रहेका मृतक अर्यालका नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । चितवन… पुरा पढौ

मुस्ताङः वारागुङको तिरी र फल्याक गाउँ पस्न रोक

सरकारले हाल विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड–१९ ) नियन्त्रण गर्ने उद्देश्यले मुलुकभर एकसाताका लागि लक डाउन गरेको छ । पछिल्लो समय कोरोनाको संम्भावित त्रास बढेपछि देश बिदेशका प्रवासी नेपालीहरु गृह गाउ फर्किएका छन् । कोरोनाकै कारण अझै गाउ फर्किने क्रम रोकिएको छैन । सरकारले लक डाउन गरेपनि गाउ भित्रिने नयाँ अनुहार नरोकिएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ४ र ५ ले गाउनै पस्न नपाईने गरी नियम बनाएका… पुरा पढौ

अन्नपूर्णका ७ स्थानमा क्वारेन्टाईन

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्र भित्रका ७ स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ । कोरोना भाइसर(कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गाउँपालिकाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिर्सोट सिम्पाली, माछापुच्छे« मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, संगम मावि लुम्ले, दाङसिङको विरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाईन स्थापना गरेको हो। क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ५० बेडको, हिमालयन देउराली रिर्सोटमा ३० तथा विद्यालयहरुमा समान २५ वेडका गरी कुल दुई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं