स्वास्थ्य

रुपाले बनायो २० शैयाको क्वारेन्टाइन

रुपा गाउँपालिकाले २० शैयाको सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ। गाउँपालिकाले आफ्नो इलाकाभित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । जसमा विदेशबाट फर्किएका आफ्ना नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउने र संक्रमित भइहालेमा थप संक्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । जसमा क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्रि वाईफाई, शुद्ध पिउँने पानी र टेलिभिजन जडान… पुरा पढौ

पोखरा महानगरले बनायो सेनिटाइजर

कोरोना संक्रमणबाट बाच्न प्रयोग हुने मास्क, सेनिटाइजर आदिको बजारमा अभाव थियो । देशै लकडाउन भएपछि यी सामग्रीको झन् अभाव हुने नै भयो । लकडाउनका बेला पनि अत्यावश्यक सेवा सञ्चालनमा छन् । यस्तै अत्यावश्यक सेवामा खटिने कर्मचारीका लागि पोखरा महानगरले सेनिटाइजर बनाएको छ । ल्याण्डफिल्ड साइट, दमकल , सरसफाइ आदिमा खटिने कर्मचारीका लागि आवश्यक पर्ने स्यानिटाइजर मंगलबार तयार गरिएको हो । मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाको नेतृत्वमा जनस्वास्थ्य अधिकृत सुजता पोखरेल… पुरा पढौ

चितवनमा कोरोना आशंकामा आइसोलेसनमा राखिएका युवाको मृत्यु

चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत १ युवकको मृत्यु भएको छ । विरगञ्ज घर भएका ३० वर्षीय ती युवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनी उच्च ज्वरो र रुघाखोकीले पीडित भएपछि उनलाई अस्पताल लगिएको थियो । कोरोना आशंकामा उनलाई आइसोलेसनमा राखिएको भए पनि उनको परीक्षणको रिपोर्ट आउन बाँकी नै छ । पुरा पढौ

१५० बेडको क्वारेन्टाइन बनाउँदै पोखरा महानगर

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार विहान बसेको बैठकले समिति गठन गरेको हो । पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा ८ जाल्पारोडमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १ सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको पुरानो… पुरा पढौ

अमेरिकामा ४ नेपालीलाई कोरोना

अमेरिकामा ४ नेपालीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमित ३ जना न्युयोर्कको ज्याक्सन हाइटका हुन् भने अर्की १ महिला भर्जिनिया बस्छिन् । न्युयोर्कका संक्रमित २ जनाको अवस्था गम्भीर छ। उनीहरुको तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ। भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिट देखिएको हो। उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएका… पुरा पढौ

कोरोना त्रास ः धमाधम घर फर्किए मुस्ताङी

विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोग संक्रमण रोग देखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा समेत यस रोगको महामारी फैलिएकाले महामारीबाट बच्न मुस्ताङीहरु धमाधम काठमान्डौं पोखरा,बुटवल र भेरहवा लगायतका स्थानबाट पूख्यौलीथलो फर्किएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङका तेन्जिङ गुरुङ हाल काठमान्डौ स्वम्भु बस्छन् । उनी सोमबार आफना १४ जना गुम्बाका… पुरा पढौ

कोरोना संक्रमित ९५ वर्षकी महिला निको भइन्

कोरोनाबाट ६ हजार बढीको ज्यान गएको इटलीको एउटा खुसीको खबर सार्वजनिक भएको छ। ९५ वर्षकी अल्मा क्लारा कोर्सिनी कोरोना भाइरस संक्रमित भए पनि उपचारपछि निको भएकी छिन् । मार्च ५ मा स्थानीय मोदेना अस्पतालमा भर्ना गरिएकी उनी उपचारपछि डिस्चार्ज भएर घर फर्किएकी छिन्। कोर्सिनी इटलीमा कोरोना भाइरस लागेर उपचारपछि ठीक भएकी सबैभन्दा बढी उमेरकी संक्रमित महिला हुन्। कोरोना भाइरस संक्रमणमा ६० वर्ष माथिका उमेर समूहलाई बढी जोखिम देखिने विभिन्न तथ्यांकहरुले… पुरा पढौ

कोरोना संक्रमित २ नेपाली निको भए

संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना संक्रमित २ नेपालीको उपचार सफल भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरूले स्वास्थ्य लाभ गरेको जानकारी दिएको हो। आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी २ नेपालीसहित ३ जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन्। पुरा पढौ

पौने ४ लाख संक्रमित, १६ हजार ५ सयको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्। यो भाइरसको संक्रमणबाट १६ हजार ५ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ८१ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । १ लाख ९ सय ५८ जना घर फर्केका छन्। संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा… पुरा पढौ

आइसोलेसनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा

कोरोना संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवालाई क्वारेन्टाइनमा राखिएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो। उनीसँगै जहाजमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका १ युवा पनि आएका थिए । ती युवा फ्रान्सबाट आएर एक रात काठमाडौंमा बसी भोलीपल्ट बागलुङ आएका थिए। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् । उनीसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं