कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार विहान बसेको बैठकले समिति गठन गरेको हो ।
पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा ८ जाल्पारोडमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १ सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको पुरानो बुद्ध हस्पिटलामा ५० बेडको क्वारेन्टाइन बनाउने भएको हो ।
दुवै अस्पतालमा आवश्यक सामग्री तयारी अवस्थामा रहेकाले अन्य बुधबारबाटै क्वारेन्टाइन सञ्चालनमा गरिने उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
मेयर मानबहादुर जिसीसहित समितिका सदस्यले दुवै अस्पताल अवलोकन गरेका छन् । मेयर जिसीले चाडै आवश्यक सामग्री व्यवस्थापन गरी क्वारेन्टाइन सञ्चालन गर्न निर्देशन दिएका छन् ।




