कोरोना संक्रमित युवतीसँगै आएका २ युवालाई ज्वरो

कोरोना भाइरस संक्रमित युवतीसँगै फ्रान्सबाट चैत ४ मा नेपाल आएका २ युवक उदयपुरमा छन् । उनीहरुलाई ज्वरो आएको छ ।

कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। यसबारे विभिन्न निकायमा जानकारी भइसकेको बताइएको छ ।

बेलका नगरपालिकाका ती दुई युवालाई ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए।