अमेरिकामा ४ नेपालीलाई कोरोना

अमेरिकामा ४ नेपालीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमित ३ जना न्युयोर्कको ज्याक्सन हाइटका हुन् भने अर्की १ महिला भर्जिनिया बस्छिन् ।

न्युयोर्कका संक्रमित २ जनाको अवस्था गम्भीर छ। उनीहरुको तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।
भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिट देखिएको हो। उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएका हुन्।