स्वास्थ्य

कोरोना संक्रमित २ नेपाली निको भए

संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना संक्रमित २ नेपालीको उपचार सफल भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरूले स्वास्थ्य लाभ गरेको जानकारी दिएको हो। आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी २ नेपालीसहित ३ जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन्। पुरा पढौ

पौने ४ लाख संक्रमित, १६ हजार ५ सयको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्। यो भाइरसको संक्रमणबाट १६ हजार ५ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ८१ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । १ लाख ९ सय ५८ जना घर फर्केका छन्। संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा… पुरा पढौ

आइसोलेसनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा

कोरोना संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवालाई क्वारेन्टाइनमा राखिएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो। उनीसँगै जहाजमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका १ युवा पनि आएका थिए । ती युवा फ्रान्सबाट आएर एक रात काठमाडौंमा बसी भोलीपल्ट बागलुङ आएका थिए। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् । उनीसँग… पुरा पढौ

लकडाउन र कर्फ्यु उस्ताउस्तै हुन त ?

कतिपयले ‘लकडाउन’ लाई कर्फ्यु भन्ने सोचेका छन् । तर ‘लकडाउन’ भनेको कर्फ्यु होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यु जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् । सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा… पुरा पढौ

लक डाउन मुक्तिनाथ मन्दिर किन खुल्ला ?

विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९¬) संक्रमण फैलिने अवस्थालाई मध्यनजर गरी मुक्तिनाथ विकास समितिले सोमबार देखि लागु गरेको मुक्तिनाथ मन्दिर लक डाउन निर्णय मन्दिरकै पुजारी र आनी झुमाका कारण उल्लंघन भएको पाईएको छ । आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले सोमबार देखि लागु हुने गरी मुक्तिनाथ मन्दिर पूर्ण रुपमा प्रबेश गर्न रोक लगाईने निर्णय गरेको थियो ।तर , उक्त निर्णय पहिलो दिनमै कार्यान्वयनमा नआई फितलो बनेको हो… पुरा पढौ

भोलिबाट पूरै देश लकडाउन

नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ। यसअघि स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

कोरोनाको आशंकामा तीन बालक आइसोलेसनमा

कोरोना भाइरसको आशंकामा कान्ति बाल अस्पतालमा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएका छन्। सोमबार दुईजना र आइतबार एकजना बालक आइोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ। उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको उनले बताए। एक जनाको सोमबार बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ। यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना… पुरा पढौ

कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन

. चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ | ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ | संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् | संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् | कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं | अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ… पुरा पढौ

संकटमा सघाउन रक्तदान

कोरोना संक्रमणले देश नै लकडाउनतिर गइरहेका बेला रगत अभाव हुने खतरा पनि छ । यो संकटमा सघाउन सोमबार नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको आयोजना र पोखरा महानगरपालिका वडा नं. १७ को संयोजनमा रक्तदान आयोजना गरिएको छ । कोरोनाबारे सुरक्षा सावधानी अपनाएर रक्तदान आयोजना गरिएको उपशाखा सभापति झपिन्द्रराज रेग्मीले बताए । उनले भने, ‘उपशाखा स्थलमा साना साना समूहमा रक्तदाताले रक्तदान गरेका छन् भने धेरैले हालै कास्कीमा रेडक्रसले सुर गरेको रक्तसंकलन… पुरा पढौ

जनसेना र कार्यकर्तालाई कोरानाविरुद्ध परिचालित हुन विप्लवको निर्देशन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ता र जनसेनालाई कोरोना भाइरसबारे जनचेतना जगाउन परिचालित हुन निर्देशन दिएको छ । नेकपाले कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म आक्रामक कारबाही बन्द गर्ने जनाएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै आफ्ना आक्रामक गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएका हुन् । तर, सरकारी दमन भए प्रतिरोध कारबाही भने जारी रहने उनले उल्लेख गरेका छन् । सरकारले २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएपछि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं